कोरोना नियन्त्रणको लागि सरकार बाहेक अरुले कोष संचालन गर्न नपाउने



काठमाडौं । कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि सरकार बाहेक अन्य संस्थाले कोष बनाउन नपाउने भएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरिय समितिको बैठकले सरकार बाहेक अन्य संस्थाले आर्थिक प्याकेजका लागि कोष संचालन गर्न नपाउने र कोष गठन गरेको भए अर्को सातासम्ममा सरकारी कोषमा रकम जम्मा गर्न अनुरोध गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता तथा सूचना संचार तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ५० करोडको कोष बनाउने निर्णय गरेको थियो । जसमा प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब दिएका थिए ।

त्यसपछि निजी क्षेत्रका केही संस्थाले समेत कोष बनाएका थिए । यसलाई एकद्धार प्रणाली मार्फत खर्च गर्न सरकारले यस्तो व्यवस्था गरेको हो ।


क्लिकमान्डु