अपि हाइड्रोपावरको साधारणसभा स्थगित

क्लिकमान्डु २०७६ चैत ६ गते १९:०९ मा प्रकाशित

काठमाडौं । अपि पावर लिमिटेडको साधारणसभा स्थगित भएको छ । चैत ७ गते अर्थात् भोलि बबरमहलस्थित कार्की ब्यांक्वेटमा गर्ने तय भएको १६औं साधारणसभा कोरोनाको त्रासका कारण स्थगित गरिएको हो ।

उक्त साधारणसभाबाट निर्वाचन हुने कम्पनीका संचालक समिति सदस्यहरुको निर्वाचन गराउनका लागि निर्वाचन अधिकृत नियुक्ति भई निर्वाचन कमिटिको तर्फबाट निर्वाचन कार्यक्रम प्रकाशित भई उक्त निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशित भइसकेको थियो ।

सरकारको मिति २०७६/१२/०५ गतेको सूचना बमोजिम विश्वमा फैलिरहेको कोरोना भाइरस का कारण कुनैपनि सार्वजनिक स्थलहरुमा २५ जना वा सो भन्दा बढि व्यक्तिहरु जमघट हुनमा रोक लगाउने गरि निर्णय गरेको हुँदा निर्वाचन कमिटिको तर्फबाट भएका निर्वाचन सम्बन्धि सम्पूर्ण काम कारवाहीहरुलाई यथावत् कायम राखी बांकी निर्वाचनका काम कारवाहीहरु साधारणसभाबाट गर्ने गरि अर्को सूचना प्रकाशित नभए सम्मका लागि कम्पनीको १६औं वार्षिक साधारण सभा स्थगित गरिएको छ’ कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

कम्पनीको वार्षिक साधारण सभाका अन्य छलफलका विषयहरु यथावत् नै रहने र साधारण सभा प्रयोजन एवं हकप्रद शेयर निष्काशनको लागि खाताबन्दी २०७६र/२/०१ देखि २०७६/१२/०६ गते सम्म नै कायम राखेको कम्पनीले जनाएको छ ।  

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स