६ महिनामा बीमा कम्पनीका कर्मचारीलाई ४८ करोड रुपैयाँ बोनस, कुन कम्पनीको कति ? (सूचिसहित)



चालु आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई ४८ करोड १५ लाख रुपैयाँ बोनसका लागि छुट्याएका छन् ।

निर्जीवन बीमा कम्पनीले २७ करोड ३ लाख रुपैयाँ र २१ लाख १२ हजार रुपैयाँ जिवन बीमा कम्पनीले आफ्ना कर्मचारीलाई बोनसका लागि छुट्याएका हुन् । आर्थिक वर्ष सकिएपछि साधारणसभा गरी कम्पनीहरुले कर्मचारीलाई यसरी छुट्याएको बोनस खुवाउँछन् ।

बोनस ऐन-२०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनु पर्ने उल्लेख गरिएको छ ।

बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा सबैभन्दा धेरै कर्मचारीलाई बोनस छुट्याउनेमा निर्जीवन बीमा कम्पनीहरु छन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये १२ वटा निर्जीवन बीमा कम्पनीले पुस मसान्तसम्म १ करोड रुपैयाँभन्दा बढी बोनस छुट्याएका छन्। त्यसैगरी, ४ वटा निर्जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँभन्दा बढी र बाँकीले २० लाख रुपैयाँ भन्दा बढी कर्मचारीलाई बोनसका लागि छुट्याएका छन् ।

यसैगरी, सो अवधिमा सबै भन्दा धेरै कर्मचारीलाई बोनस छुट्याउने शिखर इन्स्योरेस कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्म कर्मचारीलाई ३ करोड ३१ लाख रुपैयाँ बोनस छुट्याएको हो ।

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले ३ करोड १९ लाख रुपैयाँ, दि ओरिएनटलले २ करोड ९० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २ करोड ३५ लाख रुपैयाँ कर्मचारीलाई बोनसका लागि छुट्याएका छन् ।

अन्य निर्जीवन बीमा कम्पनीले कर्मचारीलाई छुट्याएको बोनस रकम निम्न अनुसार प्रसतुत गरिएको छः

बीमा समितिद्धारा उपलब्ध चालु आवको दोस्रो त्रैमासको बीमा कम्पनीहरुको वित्तीय विवरण अनुसार सो अवधिमा ८ वटा जीवन बीमा कम्पनीले १ करोड रुपैयाँ भन्दा बढी कर्मचारीलाई बोनस छुट्याएका छन् । साथै, ८ वटा जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँ भन्दा बढी र बाँकी कम्पनीले २० लाख रुपैयाँभन्दा बढी कर्मचारीलाई बोनस छुट्याएका हुन् ।

समीक्षा अवधिमा कर्मचारीलाई सबैभन्दा बढी बोनस छुट्याउनेमा जीवन बीमा कम्पनीको पहिलो नम्बरको सुचीमा नेपाल लाईफ रहेको छ । कम्पनीले सो अवधिमा कर्मचारीलाई ४ करोड करोड ४७ लाख रुपैयाँ बोनस छुट्याएको छ ।

यसैगरी, नेशनल लाईफले २ करोड ८५ लाख रुपैयाँ, सूर्या लाईफले १ करोड ६८ लाख रुपैयाँ, मेट लाईफले १ करोड ५७ लाख रुपैयाँ र प्राइम लाईफले १ करोड ५६ लाख रुपैयाँ कर्मचारीलाई बोनसका लागि छुट्याएका छन् ।

अन्य जीवन बीमा कम्पनीले कर्मचारीलाई वितरण गरेको बोनस रकम निम्न अनुसार प्रसतुत गरिएको छ
.


पुष्प दुलाल