नेपाल पुनर्बीमा कम्पनीले २२ जनाका लागि जागिर खुलायो, सूचनासहित



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न २२ पदका लागि रोजगारीको अवसर प्रदान गर्ने भएको छ । कम्पनीले शुक्रबार एक सार्वजनिक सूचनामार्फत् वरिष्ठ सहायकदेखि नायव महाप्रबन्धक पदका लागि विज्ञापन खुलाएको हो ।

कम्पनीका अनुसार प्रबन्धक, सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायकमा योग्यता पुगेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न लागेको हो ।

कम्पनीका अनुसार आवेदन दिने अन्तिम मिति चैत २० गतेसम्म र दोब्बदर दस्तुरको म्याद २७ गतेसम्म तोकिएको छ ।

 


क्लिकमान्डु