सेलिङ प्रेसर नगर्ने ठूला लगानीकर्ताको अस्त्रले काम गर्यो, नेप्से परिसूचक ७३.७८ अंकले बढ्यो



काठमाडौं । सेयर बजार घटेर प्यानिक भएपछि बुधबार सेलिङ प्रेसर नगर्ने ठूला लगानीकर्ताको रणनीतिले काम गरेको छ ।

मंगलबार नकरात्मक सर्किट ब्रेकसँगै ८६.३९ अंकले घटेर सेयर बजार बन्द भएको थियो । त्योसँगै ठूलो लगानी होल्ड गर्ने र नियमित कारोबार गर्ने लगानीकर्ताहरुले बुधबार सेयरमा सेलिङ प्रेसर नबढाउने नीति लिएका थिए । ह्वाटसएप र फेसबुकमा ति सन्देशहरु प्रभावित भएका थिए । जसको प्रभाव बुधबारको सेयर बजारमा देखिएको छ ।

सेयर बजार अत्यधिक घटेपछि बुधबार सेयर बिक्रीमा नराख्ने लगानीकर्ताकको तयारी

नेप्से परिसूचक ७३.७८ अंकले बढेको छ । अघिल्लो पटकजस्तो ह्वातै कारोबार बढ्ने टे«ेण्ड बुधबार देखिएको थिएन । ५.४७ प्रतिशतले नेप्से परिसूचक बढ्दा २ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
१६ सय बिन्दु क्रस गरेपनि सेयर बजार पुनः ओरालो लागेको थियो । लगानीकर्तामा अहिले अन्यौलको वातावरण बढी देखिन्छ । जसले गर्दा नेप्से परिसूचक छोटो अवधीमा उतारचढाव बढी छ ।

बुधबार कारोबार भएको सामुहिक लगानी कोषको बाहेक सबै परिसूचक उकालो लागेको छ । सेयर बजार बढाउन मद्दत गर्ने बैंकिङ,बीमा सबै समुहमा हरियाली छाएको छ ।


क्लिकमान्डु