सेयर बजार अत्यधिक घटेपछि बुधबार सेयर बिक्रीमा नराख्ने लगानीकर्ताकको तयारी
काठमाडौं । सेयर बजार प्यानिक बन्दै गएपछि सेयर लगानीकर्ताहरु आफ्नो सम्पतिको रक्षाको लागि जुटने भएका छन् ।
मंगलबारको कारोबारमा सेयर बजार ८६.३९ अंकले घटेपनि बुधबार भने आफ्नो सम्पतिको रक्षा गर्ने रणनीतिमा लागेका छन् ।
यतिबेला सेयर लगानीकर्ताले प्रयोग गर्दै आएका विभिन्न नामका सामाजिक सञ्जालमा बुधबारको कारोबारमा कुनै पनि सेयर बिक्रीमा नराख्ने चर्चा सुरु भएको छ । बजार यतिबेला १६ सय कटेर पुन १३४९.३१ बिन्दुमा झरेको छ ।
बजार १२ सयको हाराहारीमा हुँदा लगानी गरेका लगानीकर्ताले यति बेला पनि धेरै नगुमाएको तर बजार बढेको देखेर उच्च बिन्दुमा लगानी गरेका लगानीकर्ताले गुमाएको भन्दै केही पुराना ठुला भनिएका लगानीकर्ताहरुले बुधबारको कारोबारमा बिक्री नगर्ने भनेका छन् ।
उनीहरुले कमाउन सक्ने भएमा सेयर खरिद गर्ने तर्फ पनि सामाजिक सञ्जाल फेसबुक, ह्वाटस्यापको छलफलमा अघि बढाएका छन् । जसले गर्दा बुधबारको कारोबारमा केही सहज हुने र मंगलबारको जस्तो बजार सर्किट नै लाग्ने अवस्थामा नपुग्ने लगानीकर्तावृत्तमा चर्चा सुरु भएको छ ।
बजारमा निरन्तर गिरावट आउँला लगानीकर्ता निकै चिन्तीत देखिएका छन् । अर्थतन्त्रमा खासै समस्या नभएको अवस्थामा पनि बजारमा यसरी गिरावट आउनुपर्ने कारण नभएको लगानीकर्ताको बुझाई रहेको छ ।
बजारमा तरलता सहज भएको, ब्याजदर टाइट नभएको, बैंकले दैनिक जसो बोलाएर नै ऋण दिइरहेको, मार्जिन कलको पनि समस्या न्यून भएको समयमा बजारमा आएको गिरावटलाई नयाँ लगानीकर्तालाई अत्याउने योजनाको रुपमा स्वयम लगानीकर्ताहरु नै चर्चा गर्न थालेका छन् ।