लोकसेवा आयोगले माग्यो ७३० कर्मचारी, सूचना सहित



काठमाडौं । लोकसेवा आयोगले विभिन्न ७३० पदमा जागिर खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गरी राजपत्र अनंकिन द्वितीय श्रेणी पदका लागि जागिर खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिउको छ । योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन् ।

आयोगले चैत १८ गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद चैत २५ गतेसम्म तोकेको छ । १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् । साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ ।

हेर्नुहोस् सूचना


क्लिकमान्डु