सरकारले माग्यो स्वयमसेवक शिक्षक, ३२ हजार तलब



काठमाडौं । सरकारले स्वयमसेवक शिक्षकका लागि आवेदन खुलाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक स्वयमसेवक माग गरेको हो ।

शिक्षकको तुलनामा विद्यार्थीको अनुपात धेरै भएका र अंग्रेजी, गणित र विज्ञान शिक्षक नभएका वा शिक्षक दरबन्दी नभएका सामूदायिक विद्यालय र प्राविधिक धारका विद्यालयमा स्वयमेवक शिक्षक परिचालन गरिनेछ ।

जसमा अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छैन । ती विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन् । इच्छुकले आगामी फागनु २५ गतेसम्म अनलाइनबाट फारम भर्नुपर्नेछ ।

प्राप्त आवेदकमध्येबाट केन्द्रले छनोट गरी स्थानीय तहमा पठाउनेछ । कार्यविधि अनुसार ती शिक्षकहरुलाई श्रेणी अनुसार मासिक २४ हजार रुपैयाँदेखि ३२ हजार रुपैयाँसम्म तलब पाउनेछन् ।


क्लिकमान्डु