यसकारण अझै बढ्नसक्छ नेपाल लाइफ इन्स्योसेन्सको सेयर मूल्य (प्राविधिक विश्लेषण)



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५.०९ प्रतिशतले वृद्धि भएर ३५ करोड ९ सय रुपैयाँ नाफा गरेको छ । गत आवको सोहि अवधिमा २८ करोड ५ सय २६ रुपैयाँले नाफा कमाएको थियो । कम्पनीको व्ययभन्दा आय बढी देखिएपछि नाफा बढेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२.८० प्रतिशतले बढेर १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १० अर्व ४७ करोडबाट ३ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ बढेको हो ।

लगानी, कर्जा तथा अन्य आम्दानीबाट २६.४२,पुनर्बीमा कमिसन आम्दानी ३६.९९ प्रतिशत, बीमा कर्जाबाट आम्दानीमा ५३.७९ प्रतिशतले वृद्धि भएको छ भने अन्य प्रत्यक्ष आम्दानी ११.६८ प्रतिशतले गिरावट आएको छ । खुद दाबी भुक्तानी ३९.५१ प्रतिशतमा घटेर ५ अर्व २० करोडबाट ३ अर्व १४ करोड रुपैयाँमा आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको एजेन्सी कमिसन २९.६७ प्रतिशतले बढेर १ अर्व ६१ करोड तथा व्यवस्थापन खर्च १७.८२ प्रतिशतले ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, पुस मसान्तसम्ममा इन्स्योरेन्सको जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ । बीमालेख धितोमा १५ अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको इन्स्योरेन्सले यस बापत ७६ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६ करोड ८६ लाख रुपैयाँ बढी हो। चालु आर्थिक वर्षको दोश्रो त्रैमास महिनासम्ममा इन्स्योरेन्सले ४१ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा लगानी गरेको छ । यस आर्थिक वर्षमा मात्रै १४ अर्ब ७ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले हालसम्ममा १ खर्ब ५ अर्ब ७७ करोड कुल बीमाशुल्क आर्जन गरिसकेको छ ।

इन्स्योरेन्सको कुल कायम रहेको बीमालेखको सङ्ख्या १२ लाख ५८ हजार रहेको छ । इन्स्योरेन्सले २१ हजार ३४७ दाबी बापत ३ अर्ब १९ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १ अर्ब २० करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा कायम भएको छ । त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ ।

फ्लोरसिटबाट एक हप्ताको अवधिमा नेपाल इन्स्योरेन्स ४२, ३४, ५८ र ४९ ब्रोकरबाट सबैभन्दा बढी खरिद तथा ५८, ५३, ४९ तथा ३२ ब्रोकरबाट सबैभन्दा बढी बिक्री भएको देखिन्छ । त्यस्तै बजार मूल्य ११३० तथा १२०० को तहमा ४० हजारदेखि ५० हजार कित्ता शेयर कारोवार भएको छ ।

मैनबत्ति आकृति विश्लेषण

नेपाल लाईफको बिहिवार कारोवार बन्द बुलिस क्यान्डल आकृत बनाएको छ । यस्तो आकृतिले कम्पनीमा बिक्रिकर्ता भन्दा खरिदकर्ताको चाप आत्यधिक रहेको देखाउछ। मैनबत्तिको माथिल्लो स्याडोले बिक्रीकर्ताले व्यापक नाफा बुक गरेको देखिन्छ । मैनबत्ती आकृतिले मुलत कम्पनी खरिदकर्ता तथा विक्रीकर्ताको चाप के कस्तो रहेको छ भने कुरा देखाउँछ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको विहिवार मात्र कम्पनीको कारोवार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स घटेर ७४ स्केलबाट १० अंकले बढेर ८० को स्केलमा पुगेको छ । यसको आधारमा कम्पनीको लगानीकर्ताको खरिदचाप बढाएको छ । कुनै पनि बजारको ठूलो परिवर्तनको पूर्णसंकेत अर्थात रणनीति परवर्तनको लागि प्रयोग हुने औजार मानिन्छ ।

बोलिन्जर ब्यान्ड

बोलिन्जर ब्यान्डमा रहेको ३ वटा रेखा अपर ब्यान्ड, मध्य ब्यान्ड तथा लोवर ब्यान्ड एक्स्पान्सन नभएतापनि बिहिबार माथिलो ब्याण्ड ब्रेक भएको छ । बोलिन्जर ब्यान्डको गणनामा स्टयान्डर्ड प्रयोग भएकाले मुख्यगरी उतारचढावको मापन गर्ने औजारको रुपमा जनाउँछ ।

नेपाल लाइफ इन्स्योरेन्सको एमएसिडी र सिग्नल लाईन बुलिस क्रस गरेको छ । त्यस्तै हिस्टोग्राम पनि सेन्ट्रल लाइन भन्दा माथि बढेको छ । यसले अहिले बजार बुलिस ट्रेन्डमा रहेको स्पष्ट गर्दछ । एमएसीडीको रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोवार बन्दसँगै कमोडीटि च्यानल इन्डेस्क धनात्मक २१७ को स्केल आएको देखाउछ । यसले बैङ्कको पनि पर्ख र हेरको संकेत गर्दछ । सिसिआई धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निश्कर्षः

दोस्रो त्रैमाससम्ममा २५.०९ प्रतिशतले वृद्धि भएर ३५ करोड ९ सय रुपैयाँ नाफा गरेको छ । लगानी,कर्जा तथा अन्य आम्दानीबाट २६.४२,पुनर्बीमा कमिसन आम्दानी ३६.९९ प्रतिशत, बीमा कर्जाबाट आम्दानीमा ५३.७९ प्रतिशतले वृद्धि भएको छ भने अन्य प्रत्यक्ष आम्दानी ११.६८ प्रतिशतले गिरावट आएको छ । खुद दावी भुक्तानी ३९.५१ प्रतिशतमा घटेर ५ अर्व २० करोडबाट ३ अर्व १४ करोड रुपैयाँमा आएको छ ।

प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा मूल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको करिव ३ हप्ता कुनै मोमेण्ट्म लिन नसके पनि ११४० बाट गत हप्ताको बिहिवार १२४० सम्म पुग्यो । बिहिवार कारोवार बन्द बुलिस क्यान्डल आकृत बनाएको छ । १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स घटेर ७४ स्केलबाट १० अंकले बढेर ८० को स्केलमा पुगेको छ ।

बोलिन्जर ब्यान्डले माथिलो ब्याण्ड ब्रेक भएको छ । एमएसिडी र सिग्नल लाईन बुलिस क्रस गरेको छ । यसरी हेर्दा प्राय सबै सूचकले कम्पनीले मूल्य बढ्ने संकेत गर्दछ । नेपाल लाइफ इन्स्योरेन्सको तत्काल अवरोध १३१५ तथा टेवा ११६०म टेवा रहेको छ ।


पुष्प दुलाल