विद्युत् प्राधिकरणले २९६ जनाका लागि जागिर खुलायो, यसरी गर्नुहोस् आवेदन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा २९६ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले १०औं तहको सह निर्देशक प्रशासनतर्फका कर्मचारीदेखि जुनियरि मिस्त्रीसम्मका पदमा आवेदन माग गरेको हो ।

प्राधिकरणले प्रादेशिक क्षेत्रीय कार्यालय तथा केन्द्रीय कार्यालयका लागि ती संख्यामा कर्मचारी माग गरेको हो ।

शुक्रबार प्रकाशित सूचना अनुसार विराटनगर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरिया र सुर्खेत प्रादेशिक क्षेत्रीय कार्यालय र काठमाडौंका विभिन्न कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

विशेष गरी प्राविधिक कर्मचारी बढी मागेको प्राधिकरणले प्रसारण सेवातर्फ भने कम कर्मचारी माग गरेको छ । प्राधिकरणले इच्छुक उम्मेदवारलाई इसेवा, कनेक्ट आइपीएस, फोनपे र टोकन पेमार्फत् शुल्क बुझाउन सक्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले फागनु २२ गतेसम्म र दोब्बर दस्तुरमा २९ गतेभित्रमा आवेदन दिन सक्नेछन् ।

विज्ञापन हेर्नुहोस 


क्लिकमान्डु