तीन वाणिज्य बैंकमा ट्रेनीदेखी अधिकृतसम्म जागिरको अवसर



काठमाडौं । सञ्चालनमा रहेको निजी क्षेत्रका ३ वटा वाणिज्य बैंकले ठुलो संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । नविल बैंक, एभरेष्ट बैंक र सेन्चुरी कर्मसियल बैंकले ट्रेनी असिस्टेनदेखी डेपूटि म्यानेजरसम्मका पदमा आवेदन खुलाएको हो ।

यी बैंकहरुले उपत्यका लागि र उपत्यका बाहिरका शाखा कार्यलयहरुमा कर्मचारीहरु माग गरेका छन् । जसमा सेन्चुरी बैंकले सिनियर असिस्टेनदेखी डेपुटि म्यानेजरसम्मका १८ वटा पदमा उपत्यका भित्र र बाहिरका कार्यलयका लागि आवेदन खुलाएको छ । जसमा बैंकले तोकेको योग्यता पुगेकाहरुले माघ २८ गतेसम्म अनलाई मार्फत आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

यस्तै नविल बैंक र एभरेष्ट बैंकले उपत्यका बाहिरका शाखा कार्यलयका लागि ट्रेनी पदमा आवेदन खुल्ला गरेका छन् । जसमा नविल बैंकले ५० जना र केही टेलरहरु माग गरेको हो । यी बैंकहरुले तोकेको पदमा न्यूनतम प्लस्टु पास र अन्य तोकेको योग्यता पुगेका इच्छुक आवेदकले फागुन ७ गतेसम्म अनलाईन मार्फत आवेदन दिनसक्ने जनाइएको छ ।


क्लिकमान्डु