पुँजीगत लाभकर नबुझाउँदासम्म एनसेललाई फ्रिक्वेन्सी नदिन लेखासमितिको निर्देशन



काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेललाई पुँजीगत लाभकर वापतको वक्यौता रकम नबुझाउँदासम्म १८०० ब्यान्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी नदिन निर्देशन दिएको छ ।

आइतबार बसेको लेखा समितिको बैठकमा सभापति भरतकुमार शाहले एनसेलले बुझाउनु पर्ने पुँजीगत लाभकरको सम्पूर्ण रकम नबुझाएसम्म फ्रिक्वेन्सी नदिने निर्देशन दिएको हो ।

एनसेलले पुँजीगत लाभकर वापत बुझाउनु पर्ने कुल २२ अर्ब ४४ करोड ९७ लाख ९५५ रुपैयाँ ५ पैसाबाट हालसम्म ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । उसले बुझाउन बाँकी रहेको १८ अर्ब १८ करोड रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यसम्ममा किस्तामा बुझाउन पाउनु पर्ने भन्दै निवेदन दिएको छ ।

 


क्लिकमान्डु