
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका उमेदवार बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगबाट अनुमति लिएरै हेलिकप्टर प्रयोग गरेका थिए ।
बिहीबार काठमाडौंबाट झापा रुटमा मात्र जान उनले निर्वाचन आयोगबाट अनुमति लिएका थिए । सोही अनुमति अनुसार बालेन हेलि एभरेष्टको हेलिकप्टर लिएर झापा जाँदै गरेका भएपनि ओखलढुंगा माथिको आकासमा पुगेपछि उच्च सुरक्षा निकायबाट आएको हाई अलर्टका कारण उनी काठमाडौं फर्किएका छन् ।
बालेनलाई झापामा आवतरण गर्न सुरक्षा चुनौती बढेको सूचना आएपछि बालेनसहितका पाँच सदस्यीय टोलि काठामाडौं फर्किएको हो ।
बालेनले यो रुटमा हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्च छुट्टै अभिलेख राखेर निर्वाचन आयोगले मागेको बखत उपलब्ध गराउने शर्तमा अनुमति पाएका थिए ।









प्रतिक्रिया