ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीय मतदान गर्नै गएनन्

259
Shares

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रदेश सरकारले यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भनेको थियो ।

तर प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेको विरोधमा मतदाताहरूले मतदान बहिष्कार गरेका हुन् ।

अस्पताल बनाउन प्रदेश सरकारले १६५ रोपनी जग्गा माग गरेको थियो जसअनुसार स्थानीयले सामूहिक रूपमा जग्गा उपलब्ध गराएका थिए ।

तर, अपेक्षितरुपमा उक्त अस्पताल निर्माणको कार्य नभएको भन्दै मतदाताले विरोध गर्दै आएका थिए ।

हालसम्म पनि मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएको बताइएको छ । सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ ।