
काठमाडौं । काठमाडौंबाट झापा उडेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा झापा ५ का उमेदवार बालेन्द्र शाह (बालेन) ओखलढुंगामाथिको आकासबाट फर्किएका छन् ।
काठमाडौंबाट हेलि एभरेष्टको हेलिकप्टरबाट बालेनसहित ५ जना यात्रु जाँदै गरेको उक्त हेलिकप्टर अवरतणमा बढेको सुरक्षा चुनौतीका कारण अवतरण नगरी फर्किएको पाइएको छ।
स्रोतले क्लिकमान्डुलाई भन्यो, ‘उच्चस्तरीय सुरक्षा निकायले फर्किने सुझाव दिएपछि हेलिकप्टर फर्किएको हो ।’
निर्वाचन आयोगको सहमित नलिएको वा मौसमको कारण जस्तो केही कारण नभएको पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए ।
उनका अनुसार बालेनको उडानका लागि अनुमति लिइएको छ ।
नेकपाका नेता प्रचण्ड चितवनबाट रुकुमपूर्व पुगेका छन भने अरु नेताले पनि मागेको अनुमति दिइएको छ । बालेनलाई मात्रै अनुमति नदिने भन्ने होइन विमानस्थल स्रोतले क्लिकमान्डुलाई भन्यो ।
यस्तो छ, रास्वपाका वरिष्ठ नेपाल बालेन शाहलाई हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगले दिएको अनुमतिः









प्रतिक्रिया