रोचक- पहिलो नजरमै बोइङ बीमानसँग लभ परेपछि… मार्चमा विवाह गर्दै



विश्वमा कतिपय यस्ता मानिस हुन्छन, जसले आम मानिसले कल्पना नगर्ने काम गर्छन् । वा भनौं न व्यवहार देखाउँछन् । आम रुपमा निकै अनौठो लाग्ने क्रियाकलाप गर्ने उनीहरु छिनभरमै समाचारको सामग्री बन्छन र चर्चित हुन्छन् ।

जर्मनीका राजधानी बर्लिनकी ३० वर्षे एक युवतीले यस्तै व्यवहार देखाएकी छन् । उनले आफूलाई बोइङ विमान पहिलो नजरमै मन परेको भन्दै आगामी मार्चमा विवाह गर्ने बताइकी छन् ।

बोइङ ७३७–८०० विमानसँग आगामी मार्च महिनामा एम्स्टर्डममा विवाह गर्ने उनले तयारी गरेकी छन् । ती युवती हुन् मिसेल कोबके । उनलाई बोइङका विङ्स, विङलेट्स र थ्रस्टर्स निकै राम्रो लाग्छ ।

उनका अनुसार यो लङ डिस्टेन्स लभ हो । उनी विमानलाई मायाले सात्स भन्छिन् । जर्मन भाषामा यो शब्द प्रियका लागि बोलिने शब्द हो ।

पेशाले सेल्सवुमन मिसेल भविष्यमा विमानको मेकानिक बन्न चाहन्छिन ।

मिसेल अब्जेक्टोफोलियाबाट ग्रसित छन् । उनले विमानको टोय मोडल समेत खरिद गरेकी छन् भने उक्त टोयलाई सधैभरी साथमै राख्छिन् ।– एजेन्सी


क्लिकमान्डु