गायिका आस्था राउत पक्राउ



काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

प्रहरी जवान रमिशा श्रेष्ठले आफूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ अभद्र व्यवहार’ गरेको भन्दै दिएको रिटको आधारमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा चेक जाँचको क्रममा प्रहरीलाई राउतले अभद्र व्यवहार गरेपछि परेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

गायिका राउतले विमानस्थलमा आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै माघ १ गते सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन । विमानस्थलले सार्वजनिक गरेको भिडियोमा प्रहरी र राउतबीच केही भनाभन समेत भएको देखिएको छ ।

गायिका राउतले विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन । उनले अभद्र व्यवहार गरेको ठहरिएमा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।


क्लिकमान्डु