शहिद गंगालाल अस्पतालले खुलायो ४७ जनाका लागि जागिर



काठमाडौं । काठमाडौं बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न ४७ जनाका लागि जागिर खुलाएको छ ।

शुक्रबार विज्ञापन प्रकाशित गरी अस्पतालले विभिन्न पदमा ४७ जनाका लागि जागिर खुलाएको हो ।

अस्पतालले वरिष्ठ कन्सलट्यान्ट कार्डिया सर्जनदेखि वरिष्ठ परफ्युजन सहायकसम्मका कर्मचारी माग गरेको हो ।

अधिकृत तहमा आवेदन दिनका लागि सोही सेवासम्म र उपसमूहको निकटतम मुनीको पदमा कम्तीमा ४ वर्ष स्थायी सेवा अवधि पूरा भएको तथा सहायक तहमा आवेदन दिनका लागि सोही सेवा समूह र उप समूहको निकटतम पदमा कम्तीमा ३ वर्ष स्थायी सेवा गरेको हुनुपर्नेछ ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन पेश गर्न भनिएको छ ।

अस्पतालले न्यूनतम ४५० रुपैयाँदेखि १ हजार ५५० रुपैयाँ आवेदन शुल्क तोकेको छ ।


क्लिकमान्डु