नेपाल आयल निगमले माग्यो ४८ जना कर्मचारी



NOC

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा ४८ जना कर्मचारी माग गरेको छ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट तोकिए बमोजिमको योग्यता हासिल गरेकालाई निगमले रोजगारीको अवसर प्रदान गर्न लागेको हो ।

निगमले प्रशासनतर्फको प्रबन्धक ८ तहदेखि तहबिहीन बाउजर अपरेटरसम्मका विभिन्न २२ पदमा ४८ कर्मचारी माग गरेको हो ।

सूचना अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन पेश गर्न भनिएको छ ।

निगमले न्यूनतम १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म आवेदन शुल्क तोकेको छ ।


क्लिकमान्डु