नेपाल टेलिभिजनले माग्यो ९७ जना कर्मचारी



काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिभिजले विभिन्न पदमा ९७ जना कर्मचारी माग गरेको छ ।

पत्रकारिता विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट तोकिए बमोजिमको योग्यता हासिल गरेकालाई टेलिभिजनले रोजगारीको अवसर प्रदान गर्न लागेको हो ।

टेलिभिजनले वरिष्ठ बरिष्ठ समाचार सम्पादकदेखि सहायक लेखा तहसम्मका कर्मचारी माग गरेको हो । टेलिभिजनले प्राविधिक कर्मचारीका अलवा कार्यक्रम निर्मातादेखि प्रशासनमा काम गर्ने कर्मंचारी समेत माग गरेको छ ।

दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने छ । यो व्यवस्था अधिकृत तहका लागि हो यस्तै सहायकका लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र महिला र अपांगता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

टेलिभिजनले परीक्षा दस्तुर १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तोकेको छ । दरखास्त दिने अन्तिम मिति आगामी फागुन १ गते र दोब्बर दस्तुर तिर फागनु ८ गतेसम्म तोकेको छ ।


क्लिकमान्डु