सरकारले रेलवे कम्पनीमा विभिन्न ४५ पदमा २२६ जना कर्मचारी नियुक्ती गर्ने




काठमाडौं । सरकारले नेपाल रेलवे कम्पनीमा विभिन्न ४५ वटा पदमा २२६ जना कर्मचारी नियुक्ती गर्ने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको माघ ६ गते बसकेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषदले गरेका निर्णय सुनाउँदै उनले भने– रेल चलाउन सरकारले कर्मचारी नियुक्ती गर्ने निर्णय गरिसकेको छ । रेल चल्ने सम्बन्धमा प्रगती भइरहेको समेत उनले स्पष्ट पारे ।

 


क्लिकमान्डु