मैले पैसा लिएर उम्मेद्वारी छाड्छु भन्ने हल्ला भ्रम हो, ५८% मत ल्याएर जित्छुः किशोर प्रधान



आगामी चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणले नयाँ नेतृत्व चयन गर्दैछ । विधान अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा साधारणसभापछि स्वतः अध्यक्ष बन्नेछन् । त्यसैले आगामी चुनाबमा बरिष्ठ उापध्यक्षका लागि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । एशोसिएट तर्फका उपाध्यक्ष चन्द्र ढकालले केही समयअघि गृहजिल्ला बागलुङ पुगेर बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी घोषणा गरिसकेका छन् । यता जिल्ला नगरतर्फका उपाध्यक्ष किशोर प्रधानले पनि बरिष्ठ उापध्यक्षमा उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । माघ अन्तिम वा फागुन पहिलो सातासम्मम टिमसहित आफ्नो उम्मेद्धारी घोषणा गर्ने प्रधान बताउँछन् । यसअघि शेखर गोल्छासँग बरिष्ठ उापध्यक्षमा पराजित भएका प्रधान उनकै प्यानलबाट जिल्ला/नगर उपाध्यक्षमा निर्वाचित भएका प्रमोद श्रेष्ठ बेनीको मेयरमा निर्वाचन लडेपछि रिक्त भएको सो पदमा चुनिए । चन्द्र ढकाललाई सर्बसम्मत बरिष्ठ उपाध्यक्ष बनाउन एउटा शक्तिशाली समूहले लबिङ गरिरहेको छ । त्यसैले अन्तिम समयमा प्रधानले आफ्नो उम्मेद्धारी फिर्ता लिन्छन् भन्ने हल्ला भित्रभित्रै भुसको आगो झैं फैलिएको छ । चुनावको तयारी कस्तो भइरहेको छ, उम्मेद्धारी छाड्ने संभावना छ कि छैन ? र, चुनावी एजेण्डाहरु के छन् ? भनेर क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले बरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानसँग गरेको कुराकानीः

उद्योग वाणिज्य महासंघको आगामी चैत २८/२९ मा हुने साधारणसभामा तपाई निर्वाचन लड्ने पक्का भएको हो ?

म निर्वाचनमा नलड्ने भएको भए पुनः जिल्ला नगरको उपाध्यक्ष भएर आउने नै थिइँन । मैले बरिष्ठ उपाध्यक्षमा निर्वाचन हारेपछिको परिस्थितिका कारण जिल्ला नगर उपाध्यक्ष पद खाली भयो ।

अध्यक्ष र पूर्वअध्यक्षको आग्रहमा म पहिला नै भइसकेको जिल्ला नगर उपाध्यक्ष भएर फेरि आएको हुँ । एउटै सत्रमा किन आएको हो भने मेरो नेतृत्वको दाबीमा समर्थन गर्नुहुन्छ भने म पुनः आउने छु । आउट अफ सिन भएको मान्छेलाई किन ल्याउनुपर्यो भन्दा दुबैजनाले मलाई नेतृत्वको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । अहिले अवस्था परिवर्तन भएको छ ।

महासंघमा बरिष्ठ उपाध्यक्षका लागि रोचक भिडन्त हुने, चन्द्र र किशोर टिमसहित मैदानमा

म अडिग रहन्छु । मैले संस्थाको मर्यादा र संस्थाको इमान्दारितालाई यो जिल्ला नगरको वस्तुगतको एशोसिएटका सम्पूर्ण सदस्यलाई सही न्याय दिन्छु भनेर नै उम्मेद्वारी दिने निर्णय गरेको हुँ । म निर्वाचन पक्का लड्छु । हारजित भनेको मैदानमा नजाँदासम्म थाहा हुँदैन ।

विधान संशोधन गर्ने नेतृत्वमा म थिएन । जसको नेतृत्व हाम्रो पूर्व अध्यक्ष चण्डीराज ढकाल हुनुहुन्थ्यो । उहाँले हामीलाई एक्स्पोज गरेर आन्तरिक रुपमा नेगोसिएसन गर्ने कुरा हामीले पनि थाह पायौं । जिल्लाले पनि थाह पायो । विधान संशोधन गर्ने कुरा पनि प्रक्रिया अनुसार हुन्छ । उहाँले त्यसको प्रक्रिया नै पुर्याउनु भएन । हामी उहाँको पछाडि लागेको हो । कुनैपनि व्यक्तिले विधान संशोधन गर्छु भनेर हिँड्ने तर प्रक्रिया पूरा नगरेपछि किन पछाडि लागेर हिँड्ने ? म आफू लामो समयमा भ्रममा कुदेर हिँडे, अहिले भ्रमबाट बाहिर आएको छु ।

बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्र ढकालले बागलुङबाट उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । र, एउटा खेमा ढकाललाई सर्वसहमतिमा बरिष्ठ उपाध्यक्ष बनाउन लागिरहेको छ । तपाईंले चन्द्रजीलाई छाड्ने सम्भावना छ कि छैन ?

कसैले लिने र छाड्ने भन्ने कुरा सहमतिमा हुने हो । सहमतिमा मैले किन छाड्ने ? उहाँले पनि मलाई छाड्न सक्नुपर्छ । जब संस्थाप्रति उत्तरदायी भएर पूर्वअध्यक्षहरु, जिल्ला नगरबाट प्रतिनिधित्व गर्ने साथीहरु, एशोसियट तथा वस्तुगतका प्रतिनिधि र आउने अध्यक्ष र निवर्तमान अध्यक्षले संस्थाप्रतिको उत्तरदायित्व निभाउनका लागि कुनै सही निर्णय गर्नु भयो भने त्यस्तो अवस्थामा सहमतिको कुरा आउँछ ।

त्योबेला किशोर प्रधानले दाबी छाड्न सक्ने अवस्था हुन्छ । चन्द्रजीले पनि छाड्नुपर्ने हुन्छ । किशोर प्रधान सहमतिका लागि तयार भएको कुरा मैले अध्यक्षलाई पहिले नै बताइसकेको छु । म के चाहन्छु भने कुनै पनि निर्णय सबैको सहमतिमा हुनपर्यो । त्यसले महासंघको भविष्यका लागि खाका खोल्छ । त्यसमा म तयार छु ।

जहिले पनि अलिकति आर्थिक रुपमा कमजोर उम्मेद्वारलाई पैसा लिएर छाड्छ भन्ने गलत मनसाय हटाए हुन्छ । पैसा लिएर छाड्ने भए मैले पहिला पनि छाड्थें । पैसा लिएर छाड्नका लागि म त्यति छुद्र पनि छैन । यसका लागि मेरो इतिहास हेर्दा पनि हुन्छ ।

तपाईंले चुनाब लड्छु भनेर अर्थिक फाइदाको बार्गेनिङ गरिरहनुभएको छ रे भन्ने गाइगुईँ हल्ला सुनिन्छ नि, खास कुरा के हो ?

जहिले पनि अलिकति आर्थिक रुपमा कमजोर उम्मेद्वारलाई पैसा लिएर छाड्छ भन्ने गलत मनसाय हटाए हुन्छ । पैसा लिएर छाड्ने भए मैले पहिला पनि छाड्थें । पैसा लिएर छाड्नका लागि म त्यति छुद्र पनि छैन । यसका लागि मेरो इतिहास हेर्दा पनि हुन्छ । मैले विभिन्न संस्थामा राष्ट्रिय अध्यक्ष भएर चलाइसकेको छु । पैसाको कारोबारमा किशोर प्रधान न पहिले परेको थियो न अब पर्छ । बरु दुई पैसा बढी दिन्छु ।

त्यसो हो भने अन्तिम समयमा तपाईले उम्मेद्वारी छाड्नुहुन्छ भनेर किन हल्ला चल्यो त ?

यो दिग्भ्रमित गर्नका लागि पैसावाला उम्मेद्वारले आर्थिकरुपमा कमजोर उम्मेदवार बारे चलाइएको हल्ला हो । पत्रकारहरुसँग मेरो विनम्र अनुरोध छ, कि समयले तपाईंहरुलाई पनि छाड्दैन । तपाईंभन्दा माथिका मान्छेले पेल्दै हिँड्छ ।

यो लडाई सत्य र असत्यको लडाईं हो । पैसा र पैसा नभएकाबीचको लडाईं हो । यो म आफूलाई ठूलो भन्ने मान्छे व्यापारी, मध्यम र साना व्यापारीको लडाईं हो । यो लडाईं भनेको इमान्दारिता र विवेकशिल व्यक्तिको लडाई पनि हो ।

हामीलाई सत्यको लडाईं लड्नुपर्ने भएको छ । १०० जना कौरव र ५ जना पाण्डवबीच लडाई हुँदा संख्यामा कमजोर रहेका ५ जना पाण्डवले जिते । यो लडाई सत्य र असत्यको लडाईं हो । पैसा र पैसा नभएकाबीचको लडाईं हो । यो म आफूलाई ठूलो भन्ने मान्छे व्यापारी, मध्यम र साना व्यापारीको लडाईं हो । यो लडाईं भनेको इमान्दारिता र विवेकशिल व्यक्तिको लडाई पनि हो ।

जो सुकैले जितोस् । जितहारमा कसैले पनि चित्त दुखाउन नपरोस भन्ने मेरो आशय हो । मैले अघिल्लो पटक पनि हार्दा चित्त दुखाएँ । तर मैदान छाडिन । हाम्रो काम गर्ने हो परिणाम समयले दिन्छ ।

तपाईलाई ३ वर्षअघि नै महासंघका मतदाताले अस्वीकार गरिसकेका थिए । तपाई फेरि बरिष्ठमा किन लड्नुपर्यो ? नयाँलाई अवसर दिनुपर्छ भन्ने सोच चाहीँ किन नआएको ?

हिँजोका दिनमा अस्वीकार भयो भन्दैमा भोलि अस्वीकार हुन्छ भन्ने तर्क ठीक होइन । मान्छेलाई त्योबेला किन अस्वीकार गर्यो भने मेरो त्यो बलामा केही कमी कमजोरी देख्यो होला । यसले मलाई अस्वीकार गरेको भन्दा पनि थप परिपक्क हुने अवसर दिएको अर्थमा बुझ्नुपर्छ । जिल्ला नगरको उपाध्यक्ष पदमा मैले निर्वाचन लडेर नै जितेको हो । तपाईको समय छ भनेर मलाई अगाडि ल्याइएको हो ।

आर्थिक रुपमा कमजोर भएको व्यक्ति भयो भने म पैसा दिएर किन्छु भनि प्रचार गरिन्छ । त्यो पनि निर्वाचनको एउटा रणनीति हो । त्यही रणनीति अन्तर्गतको अहिले मलाई छाड्छ भन्ने हल्ला चलाइएको छ ।

यसबीचमा मैले आफूलाई सुधार गर्ने मौका पाएँ । मेरो कमिकमजोरी के थियो भने मसँग कम सम्पर्क थियो । त्यो कार्यकालमा पक्का पनि केही कमी कमजोरी थिए होला । साथीहरुलाई दिनुपर्ने सेवा, काम र कर्तव्य दिएको छु । ३६५ दिनमा मैले २८० दिन महासंघलाई समर्पित गरेको छु । अध्यक्षज्यूको निर्देशनमा मैले महासंघमा गर्नुपर्ने काम पनि गरेको छु ।

हिाजोका दिनमा मलाई सहयोग नगरेका साथीहरुले त्यसपछि मलाई सहयोग गर्नु भएको छ । जसले मलाई बुझ्दै नबुझी छाड्छ भन्नु भएको त्यो डरको कारण भनेको हो । उहाँहरु डराउनु भएको छ । दुई प्रकारको निर्वाचन हुन्छ । जब आफूभन्दा उम्मेदवार शक्तिशाली र हुन्छ त्यो बेला भ्रामक प्रचार गरिन्छ ।

उसको शक्ति नै छैन र उसले छाड्छ भन्ने हिसाबले प्रचार गरिन्छ । आर्थिक रुपमा कमजोर भएको व्यक्ति भयो भने म पैसा दिएर किन्छु भनि प्रचार गरिन्छ । त्यो पनि निर्वाचनको एउटा रणनीति हो । त्यही रणनीति अन्तर्गतको अहिले मलाई छाड्छ भन्ने हल्ला चलाइएको छ ।

जसले तपाईलाई पुनः जिल्ला नगर उपाध्यक्ष बनाएको थियो त्यो टिमलाई तपाईले असोजदेखि छाडेर धोका दिनुभयो भन्ने आरोप छ नि ?

मैले धोका दिएको होइन । उहाँहरुले नै धोका दिएको हो । त्यो टिममा उहाँले जिताएका ५ वटा अध्यक्षले उनीहरुले किन समर्थन गरेनन् । जब ५ जना व्यक्तिले उहाँलाई समर्थन गर्दैनन् भने ५ जना खराब कि एकजना खराब । मलाई नेतृत्व दिन्छु भनेर जिल्ला नगरको उपाध्यक्ष बनाएर ल्याउने र यस्तो वातावरण बनाउने जुन वातावरणमा मैले आफ्नो स्ट्यान्ड लिने वातावरण बनाउने । को खराब त ? खराब भन्ने भन्ने कुरा बजारले मूल्यांकन गर्ने हो ।

पहिला हाम्रो राज्यमन्त्री सरहको मर्यादाक्रम थियो । त्यो प्रोटोकल हामीलाई दिनुपर्यो । राज्यमन्त्रीले जसरी झण्डा हल्लाएर हिँड्छ हाम्रो महासंघको अध्यक्षले पनि हल्लाएर हिँड्न पाउनुपर्छ । हामीले हाम्रो अधिकार खोज्नुपर्छ । हामीबिना सरकार नचल्ने, हाम्रो कमाएको पैसा सरकार चल्ने भए पनि हामीले पनि न्याय पाउनु पर्छ ।

हाम्रो निर्वाचित अध्यक्षलाई उहाँले जिताउनुभयो । अहिले अध्यक्ष भएको छैन छाड्नुपर्ने किन ? म अध्यक्ष पनि होइन । म न्यायको पक्षधर हो । उहाँले गर्नु भएको क्रियाकलापका कारण महासंघलाई ठीक गर्दैन भनेको हुँदा छाड्नु परेको हो ।

विधान संशोधन यो पटक गर्नुपर्छ भनेर तपाई सबैभन्दा चर्को लबिङ गरेको व्यक्ति कसरी ३६० डिग्रीमा परिवर्तन हुनुभयो ?

विधान संशोधन गर्ने नेतृत्वमा म थिएन । जसको नेतृत्व हाम्रो पूर्व अध्यक्ष चण्डीराज ढकाल हुनुहुन्थ्यो । उहाँले हामीलाई एक्स्पोज गरेर आन्तरिक रुपमा नेगोसिएसन गर्ने कुरा हामीले पनि थाह पायौं । जिल्लाले पनि थाह पायो । विधान संशोधन गर्ने कुरा पनि प्रक्रिया अनुसार हुन्छ ?

उहाँले त्यसको प्रक्रिया नै पुर्याउनु भएन । वैधानिक तरिकाले जिल्ला र प्रदेशमा गएर राय सुझाव लिने र कार्यसमितिमा ल्याएर विशेष साधारणसभामा लैजाने कुरा थियो ।
जसले नेतृत्व गरेको हो उहाँले प्रक्रिया नै पुर्याउनु भए । हामी उहाँको पछाडि लागेको हो । उहाँले त्यो नेतृत्व छाडेपछि हामीले छाड्नु पर्यो । उहाँले विधान संशोधन गर्ने कुरा ध्यान नदिएपछि हामीले छाड्नुपर्यो । कुनैपनि व्यक्तिले विधान संशोधन गर्छु भनेर हिँड्ने तर प्रक्रिया पूरा नगरेपछि किन पछाडि लागेर हिँड्ने ? म आफू लामो समयमा भ्रममा कुदेर हिँडे, अहिले भ्रमबाट बाहिर आएको छु ।

देशभरका ठूलादेखि साना तथा मझौला व्यवसायीको संस्था महासंघलाई आफैंबीच लडेर कमजोर बन्दै गएको छ । यसलाई कसरी बचाउने ?

महासंघको भविष्यलाई लिएर हामी पनि चिन्तित छौं । संस्था बनाउने नेतृत्वले हो । हाम्रो विधानमा कस्तो परिपाटी छ भने अध्यक्षले चलाउने विधान छ । यो प्रश्न म अध्यक्ष भएपछि सोध्दा राम्रो हुने हो । म अध्यक्ष भएको छैन ।

कसले बिगारेको छ भनेर नेतृत्व गरेका व्यक्तिलाई सोध्नुपर्नेछ । मलाई साथीहरुले विश्वास गरेर आए भने मैले नयाँ गति दिने छु । सत्यको बाटोतर्फ महासंघलाई लैजाने छु । सरकारसँग व्यवसायिलाई हित नभएका र सम्पूर्ण विषयमा कडा रुपमा बहस गर्नेछु । व्यवसायी हितमा लाग्ने छु ।

पछिल्लो समय महासंघले स्पष्ट अडान राखेर बलियोसँग प्रस्तुत हुन सकिरहेको छैन । यस्तो संस्थाले व्यवसायीको हित गर्न सक्छ भनेर कसरी पत्याउने ?

यो प्रजातान्त्रिक प्रणालीअनुसार संस्था चलाउने जिम्मेवारी नेतृत्वको हुन्छ । हामीले नेतृत्वको निर्देशन अनुसार काम गर्ने परिपाटी हुन्छ । सरकारले ल्याएको नीति नियमका विषयमा हामीले लिने अडान त्यही अनुसार हुने हो । मलाई बरिष्ठ उपाध्यक्ष बनाएपछि जुनदिन अध्यक्षको सिटमा बस्छु मसँग आफूले काम गर्ने विवरण लिएको छु । मैले साना तथा मझैला र ठूला उद्योगलाई कसरी प्रोटेक्सन लिने काम गर्छु । सरकारसँग सहमत गर्ने विषयमा सहमत र असहमत गर्ने विषयमा असहमत प्रकट गर्छु । म कसैको पिछलग्गु होइन । म कुनै व्यक्ति विशेषका पछि लागेर हिँड्ने होइन । म संस्थाका लागि रहन्छु ।

अहिले महासंघको अध्यक्षको प्रोटोकल जिल्लामा जाने हो । तर हामी अहिले वडा अध्यक्षभन्दा पनि तल झरेका छौ । सिंगो देशको अर्थतन्त्रमा ३० प्रतिशत भूमिका निभाउने हाम्रो मर्यादाको प्रश्न उठेको छ ।

तपाईंको एजेण्डा महासंघको अध्यक्षलाई पनि सरकारले मर्यादाक्रममा तोक्नुपर्यो भन्ने हो ?

हो, महासंघ अध्यक्षलाई सरकारले मर्यादाक्रम मै राख्नुपर्छ । पहिला हाम्रो राज्यमन्त्री सरहको मर्यादाक्रम थियो । त्यो प्रोटोकल हामीलाई दिनुपर्यो । राज्यमन्त्रीले जसरी झण्डा हल्लाएर हिँड्छ हाम्रो महासंघको अध्यक्षले पनि हल्लाएर हिँड्न पाउनुपर्छ । हामीले हाम्रो अधिकार खोज्नुपर्छ । हामीबिना सरकार नचल्ने, हाम्रो कमाएको पैसा सरकार चल्ने भए पनि हामीले पनि न्याय पाउनु पर्छ ।

मैले कुनै पनि नेताको दैलो चाहरेको छैन । केही साथीहरु नेताको घरमा दैलो चाहरेको पनि थाहा पाएँ ।

तपाईले भनेको राज्यमन्त्री सरहको मर्यादा दिने सम्भावना कत्तिको होला ? परिसंघ र चेम्बरलाई पनि त्यस्तै दिनुपर्ला नि होइन ?

हामी आफ्नो लडाईं लड्ने हो । परिसंघ र चेम्बरले आफ्नो लडाई लडोस् । हामीले यो लडाई जित्ने छौं । महासंघ सबै व्यवसायीहरुको छाता संगठन हो । परिसंघ हामीबाट छुटेर गएको हो । चेम्बर हाम्रो संस्थापक सदस्य हो । समय यस्तो आउने छ हामीले जुनदिन नेतृत्व लिन्छौं त्यो दिन दुवै संस्थाले मान्नुपर्छ महासंघले अब वास्तविक रुपमा हाम्रो पनि नेतृत्व गर्छ भनेर प्रमाणित गरेका देखाउने छौं । त्यसैका लागि मेरो उम्मेद्वारी हो । मैले महासंघमा २६ वर्षको अनुभव बोेकेको छु ।

व्यवसायीका कति धेरै समस्या छन् । तपाई झण्डा हल्लाएर हिड्नेतर्फ लाग्ने, तर काम गर्ने एजेण्डा बनाउनु भयो त ?

इज्जतसाथ बोलाएर छलफल गर्न पनि मर्यादा चाहिन्छ । मर्यादामा राखेर छलफलमा बोलाएपछि छलफल राम्रो हुन्छ । सबै समस्या समाधान गर्नका लागि मर्यादा दिनुपर्यो । सबै कुरा त्यही केन्द्रित छ । व्यवसायीलाई सम्मान भयो भने हामी अरु एजेण्डालाई अगाडि बढाउन सक्छौ । सम्मान नै भएन भने अरु एजेण्डा कसरी बढाउने सकिन्छ ।

महासंघको विधानले बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने भनेको छ । निर्वाचनमा परिणाम जे आएपनि पुनः अध्यक्षकै निर्वाचन हुनुपर्छ भन्ने तपाईको लबिङ हुन्छ कि यसबाट अब तपाई ब्याक हुनुभयो ?

जिल्लाका साथीहरुको बिचार अध्यक्ष प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने छ । म बरिष्ठ उपाध्यक्षमा जिते भने पनि अध्यक्षको निर्वाचन प्रत्यक्ष हुनुपर्छ भनेर म लबिङ गर्छु । म बरिष्ठ जितेपछि पुनः अध्यक्षकै निर्वाचन हुनुपर्छ र म आफै अध्यक्षको निर्वाचन लड्न तयार हुन्छु ।

म अध्यक्षमा सेकेण्ड लाइनमा जाने पक्षमा छैन । सही नेतृत्व सबैको भोट लिएर जाने हो । अहिले हामीले बरिष्ठलाई चुनेका छौं । संस्था अध्यक्षले चलाउने हो । साथीहरुको त्यो अधिकार बञ्चित गरेको कारणले नै साथीहरु दुःखी छन् ।

चन्द्र ढकाल उदयमान, काबिल र शालिन व्यवसायी हो । मेरो २/३ दिनमा कुरा भइरहेको हुन्छ । हाम्रोबीचमा कामको कुरा हुन्छु । उहाँले दाई मलाई छाड्नुस् भन्नुहुन्छ मैले भाई मलाई छाड्नु भन्छु । व्यक्तिगत रुपमा उहाँ असल व्यक्ति हो । उहाँ अलिकति अनुभव लिएर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मेरोे आग्रह हो ।

बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउनु हुँदैन भन्नेमा तपाई अझै पनि अडिग हुनुहुन्छ ?

म यसमा अझै पनि अडिग छु । तर विधान संशोधनको प्रक्रिया हुन्छ । म आफू बरिष्ठ उपाध्यक्षमा निर्वाचन जिते पनि प्रक्रिया अनुसार नै यो परिवर्तन गर्न लाग्ने छु । मैले बरिष्ठ उपाध्यक्ष जिते भने अध्यक्षको प्रत्यक्ष निर्वाचन मेरो कार्यकालबाट हुँदैन भन्ने मेरो लाइन होइन । मैले यसलाई प्रक्रियामा लैजाने छु ।

तपाईका अन्य एजेण्डा के छन् ?

अहिले जिल्ला नगरमा, उद्योग परिसंघ र चेम्बरको क्रियाशिलता बढेको छ । त्यसले हामीले स्वामित्व गरेर उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगरले त्यहाँ मेला महोत्सव गरेका थिए । हाम्रो भनाइ के भने उद्योग वाणिज्य संघले २०/२५ वर्षदेखि गरेको कामलाई सबैलाई खोल्नुपर्ने कारण किन ? हाम्रो अधिकार खोस्नका लागि हाम्रो गल्ती देखाउनुपर्यो ।

भूमिका सबैलाई दिँदा हुन्छ । नेतृत्व उद्योग वाणिज्य संघको जिल्ला नगरले गर्नुपर्यो । हामी मिलेर जाँदा हुन्छ । तर नेतृत्व गर्ने अधिकार उद्योग वाणिज्य महासंघको हुनुपर्छ ।
अर्को कुरा हामीले अन्तर्राष्ट्रियस्तरमा ख्याती स्थापित गरिसकेका छौं । त्यो ख्यातीलाई अझै दरिलो र सशक्त बनाउनुपर्छ । हामीले अमेरिका च्याम्बरसँग सहकार्य गरेका छौं । जुन हामीलाई गार्मेन्टको निकासीमा अमेरिकाले सुविधा दिएको थियो । अहिले हाम्रो अर्थतन्त्र रेमिट्यान्समा मात्रै आधारित छ । निर्यात बढाउन हामीले लबिङ गर्नुपर्ने हुन्छ । अहिले व्यापारीले नै सरकारलाई दवाव नदिएको देखियो । सरकारलाई दवाव बढाउन महासंघ, चेम्बर र परिसंघबीच सहकार्य नहुँदा आर्थिक नीतिहरु सहज हुने बनाउन सकिएन । त्यो भएको भए तयारी पोशाकको निर्यातको अवरोध पनि हटाउन सकिने थियो ।

अहिलेसम्मको तयारी हेर्दा मलाई ५८ प्रतिशत मत आउँछ । त्यो पुरानो इतिहासले देखाउने छ । मैले वस्तुगतमा लिड गरेको थियो । ९८ वटा मतमा ४३ मत जिल्ला नगरबाट ल्याएको थिए । म सबैभन्दा पछि परेको एशोसिएटमा हो । योपटक एशोसिएटमा बलियो भएको छु । जिल्लाबाट पनि एशोसिएट बलियो भएको भने वस्तुगत बलियो भएको हुँदा जित्ने सम्भावना बढी छ ।

सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको खरिदलाई बढी जोड दिनुपर्छ । १५ प्रतिशतबढी मूल्य भए पनि खरिद गर्ने व्यवस्था भए पनि बिचौलियाका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन । भारत होस् वा अमेरिका जहाँ भएपनि आफ्नो देशको उत्पादनलाई संरक्षण गर्ने हो । त्यसमा हामी जोड दिने छौं ।

महासंघको निर्वाचनमा पैसाको चलखेल पनि धेरै हुन्छ भन्ने सुनिन्छ । तपाईले अघिल्लो पटक कति खर्च गर्नु भएको थियो यो पटक कति गर्नुहुन्छ ?

पैसा खर्चको कुरामा मैले ३ वर्ष अगाडि साथीको स्वागत सत्कारलाई मात्रै गर्ने हो । कसैको लेनदेनमा पैसा खर्च गर्ने होइन । मैले हिजो पनि लेनदेनमा खर्च गरिन र भोलि पनि गर्दैन । साथीभाईहरु जिल्लाबाट काठमाडौं आउनुहुन्छ उहाँहरुलाई बस्ने र खाने पिउने व्यवस्था विगतका वर्षमा चलन छ । त्यही गर्ने हो । त्यो बाहेक जिल्लामा जाँदा हुने खर्च हो । अरु खर्च हुँदैन ।

जिल्ला नगरमा पार्टीको टिकट लिएर निर्वाचन लड्ने प्रवृति देखिएको छ । तपाईलाई कांग्रेस निकट भन्ने पनि छन् । तपाई नेताको दैलो कत्तिको चहार्नु भएको छ ?

मान्छेले के भन्छ भन्ने कुरामा म लाग्दैन । म देशको हो, कुनै पार्टीमा संलग्न छैन । निर्वाचनमा देशका नागरिकको हिसाबले मैले भोट हालेको छु । मैले कुनै पनि नेताको दैलो चाहरेको छैन । केही साथीहरु नेताको घरमा दैलो चाहरेको पनि थाहा पाएँ । म उम्मेद्वार भएपछि चिनजानका राजनीतिक दलको नेतासँग जानु स्वभाविक हो । भोलि म पनि जाने छु ।

जिल्लामा निर्वाचन पार्टीको आधारमा भएको सत्य हो । दलले उम्मेद्वार बनाउने खालको संस्था भयो भने महासंघलाई राम्रो गर्दैन । व्यवसायिक संस्थामा कुनै पार्टीले ह्विप जारी गर्दैन । त्यो राम्रो पनि होइन ।

निर्वाचनको तयारी गर्न जिल्लाहरु घुम्नु भएको छ । अहिलेसम्मको अवस्थामा विजय हुनेमा आश्वस्त हुनुहुन्छ ?

अहिलेसम्मको तयारी हेर्दा मलाई ५८ प्रतिशत मत आउँछ । त्यो पुरानो इतिहासले देखाउने छ । मैले वस्तुगतमा लिड गरेको थियो । ९८ वटा मतमा ४३ मत जिल्ला नगरबाट ल्याएको थिए । म सबैभन्दा पछि परेको एशोसिएटमा हो । योपटक एशोसिएटमा बलियो भएको छु । जिल्लाबाट पनि एशोसिएट बलियो भएको भने वस्तुगत बलियो भएको हुँदा जित्ने सम्भावना बढी छ ।

महासंघमा बरिष्ठ उपाध्यक्ष लड्ने घोषणा गर्नु भएका चन्द्र ढकालसँग तपाईको गफगाफ भएको छैन ?

चन्द्र ढकाल उदयमान, काबिल र शालिन व्यवसायी हो । मेरो २/३ दिनमा कुरा भइरहेको हुन्छ । हाम्रोबीचमा कामको कुरा हुन्छु । उहाँले दाई मलाई छाड्नुस् भन्नुहुन्छ मैले भाई मलाई छाड्नु भन्छु । व्यक्तिगत रुपमा उहाँ असल व्यक्ति हो । उहाँ अलिकति अनुभव लिएर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मेरोे आग्रह हो ।

अन्त्यमा केही भन्नु छ ?

चन्द्रजी अति नै मिलनसार भाई हो । उहाँले मलाई दाई नै भनेर सम्बोधन गर्नुहुन्छ । मेरो आग्रह के छ भने मैले धेरै समय महासंघमा लगानी गरिसकेका छु । उहाँले मलाई यो कार्यकाल तपाई लिनुहोस् त्यसपछि म आउछु भन्ने वातावरण बनाउनुभयो भने सरल र सहज हुन्छ । यो सबै कुरा मैले अगाडि भनेजस्तो महासंघका सबैजना बसेर एउटा निर्णय निकाले भने त्यो निर्णय मेरो हकमा भने पनि म छाड्न तयार छु ।


पुष्प दुलाल