सिकर्मीदेखि पाइलटका लागि नेपाली सेनामा अवसर, २४५८ जनाका लागि भर्ती खुल्यो



काठमाडौं । के तपाई सरकारी सेवामा प्रवेश गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईका लागि सुवर्ण अवसर आएको छ । नेपाल सेनाले एकैपटक साढे २४ सय विभिन्न पदमा मंगलबार विज्ञापन खुलाएको छ ।

नेपाली सेनाले पाइलटदेखि सिकर्मीसम्मका विभिन्न पदमा विज्ञापन खुलाएको हो ।

सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरु खुला तथा समावेशी प्रतिष्पर्धाबाट पदपूर्ती गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदनका लागि आव्हान गरिएको छ ।

सेनाका अनुसार माघ ७ गतेदेखि फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन शुल्क पद अनुसार १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म लाग्नेछ ।


क्लिकमान्डु