उद्योग मन्त्रालयले आफू मातहतका २ कम्पनीका लागि कार्यकारी प्रमुख माग्यो (विज्ञापन सहित)



काठमाडौं । वाणिज्य तथा आपूर्ती मन्त्रालयले आफ्नो मातहतका २ निकायको प्रमुख नियुक्तीका लागि सोमबार विज्ञापन आव्हान गरेको छ ।
मन्त्रालयले नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धक र नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको नियुक्तीका लागि विज्ञापन खुलाएको हो ।

नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट जनप्रशासन वा व्यवस्थापन वा मानविकी तथा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, सरकारको कुनै संघ संस्थामा कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरेको योग्यता तथा अनुभव हुनुपर्नेछ ।

त्यस्तै, नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रको व्यवस्थापकीय वा अधिकृत स्तरमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव तथा योग्यता आवश्यक पर्नेछ ।


क्लिकमान्डु