यी बैंकले दिन्छन् सस्तो ब्याजमै ऋण, कुनको कति ?



काठमाडौं । व्यापार व्यवसायको लागी वा घर जग्गा र सवारी खरिदका लागि बैंकबाट कर्जा लिने सोचमा हुन्नुछ ? यदि बैंकबाटै कर्जा लिएर यस्ता कारोबार गर्ने सोचमा हुनुन्छ भने कुन बैंकको ब्याजदर कति छ ? र, कुन बैंकले सबैभन्दा सस्तो ब्याजमा कर्जा दिन्छ भने थाहा पाउन आवश्यक हुन्छ ।

बैंकले आधारदर (बेसरेट) लाई आधार बनाएर कर्जाको प्रकार अनुसार त्यसमा कही प्रतिशत थप गरि कर्जा लगानी गर्दछन् । कर्जा लिन इच्छुकले बैंकको कर्जाको प्रोडक्ट अनुसारको ब्याजदर हेर्नुभन्दा पहिला कर्जा लिन बैंकको ब्याजदर कति छ भनेर बुझ्न पर्दछ ।

बैंकहरुले मासिक वा त्रैमासिक रुपमा बेसरेट परिवर्तन गरिरहेका हुन्छन् । बेसरेट परिवर्तनसँगै कर्जाको ब्याजदरमा परिवर्तन आउने हुन्छ । कर्जा लिने व्यक्तिले कुनै एक बैंकबाट कर्जा लिनुअघि सञ्चालनमा रहेको सबै बैंकहरुको बेसरेट कति छ र ति बैंकहरुको बेसरेट कहिले परिवर्तन हुन्छ भनेर निक्योल्य गर्न अति आवश्यक छ ।

हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्ये केही बैंकको बेसरेट उच्च हुनुका साथै ती बैंकहरुको बेसरेट पनि छिटोछिटो परिवर्तन भइरहेका छ । त्यस्ता बैंकको कर्जाको ग्राहक बन्दा भविश्यमा पछुताउनु पर्ने अवस्था आउन सक्छ ।

त्यसैकारण वाणिज्य बैंकको कर्जाको ग्राहक हुन चाहने ग्राहकले कुन बैंकको बेसरेट थोरै छ थाहा पाउन पर्छ । हाल संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकको बेसरेट ९.३० प्रतिशत भन्दा धेरै र ८ वटा वाणिज्य बैंकको वेसरेट ९.३० प्रतिशभन्दा थोरै छ ।

साढे ९ प्रतिशत भन्दाबढी बेसरेट भएको बैंकले प्रवाह गर्ने अधिकांस कर्जाको प्रडक्टको ब्याजदर १३ प्रतिशत भन्दा माथि पर्न जान्छ । त्यसैले कर्जा लिन चाहने व्यक्तिले बेसरेट धेरैमा पनि ९.३० प्रतिशतभन्दा थोरै भएको बैंकबाट कर्जा लिन उपयुक्त हुन्छ ।

यी बैंकले ब्याजदर बढाए, कस्ले कति पुर्याए ? (सूचिसहित)

साढे ९ प्रतिशतभन्दा कम बेसरेट भएका वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्मेन्ट बैंक, हिमालयन बैंक, सानिमा बैंक र प्रभु बैंक रहेका छन् । यी बैंकहरु बाहेक सञ्चालनमा रहेका अन्य १९ वटा वाणिज्य बैंकको ९.४४ प्रतिशत देखी ११.१ प्रतिशतसम्म बेसरेट रहेको छ ।

हाल सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ६.७९ प्रतिशत रहेको छ । तर बैंकले गत असोज मसान्तमा कायम भएको बेसरेटमा ६.६ प्रतिशतमा १.१९ प्रतिशत थपगरी मंसिरमा सो बेसरेट कायम गरेको हो ।

सञ्चालनमा रहेको २६ वटा वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा सस्तो ब्याजदरमा कर्जा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकको गत असारमा बेसरेट ५.५ प्रतिशत रहेको थियो । असारबाट बैंकले असोज ६.६ प्रतिशत बेसरेट कायम गरेकोमा मंसिरमा पुनः बैंकले बेसरेट १.१९ प्रतिशत बढाएको हो ।

विदेशी बैंकको रुपमा सञ्चालित स्ट्याण्डर्ड चार्टर्ड बैंकले राष्ट्रिय बाणिज्य बैंकको तुलनामा ०.८७ प्रतिशत बढी ७.६३ प्रतिशत बेसरेट कायमगरि कर्जा प्रवाह गरिरहेको छ । सञ्चालनमा रहेको २५ वटा वाणिज्य बैंकहरु भन्दा सस्तोमा कर्जा प्रवाह गरिरहेको बैंकले गत असारदेखि नै बेसरेटमा परिवर्तन गरेको छैन ।

यसैगरि सस्तोमा कर्जा दिने बैंकको सुचीमा नेपाल बैंक तेस्रो नम्बरमा रहेको छ । बैंकको हाल बेसरेट ७.८४ प्रतिशत रहेको छ । गत असार मसान्तमा कायम रहेको बेसरेटमा ०.१४ प्रतिशत असोज मसान्तमा थपगरि हाल सोही बेसरेटलाई आधार बनाई कर्जा प्रवाह गरिरहेको छ । असार मसान्तमा बैंकको बेसरेट ७.९८ प्रतिशत थियो ।

सस्तोमा कर्जा दिन ९.३० प्रतिशतभन्दा थोरै बेसरेट कायम गर्ने बैंकहरुमा नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, सानिमा बैंक र प्रभु बैक पनि रहेका छन् ।

नविल बैंकले हाल ८.०३ प्रतिशत बेसरेट कायमगरि कर्जा प्रवाह गरिरहेको छ । बैंकले गत असोज मसान्तको तुलनामा ०.०९ प्रतिशत बेसरेट बढाएर कर्जा प्रवाह गरेको हो । बैंकको असोज मसान्तमा ७.९४ प्रतिशत र असार मसान्तमा ८.०९ प्रतिशत बेसरेट रहेको थियो ।

नेपाल इन्भेष्मेन्ट बैंकले ८.४९ प्रतिशत बेसरेट तोकेर कर्जा प्रवाह गरिरहेको छ । बैंकले गत असोज मसान्त ८.४९ प्रतिशत रहेकोमा ०.०१ प्रतिशत बेसरेटमा वृद्धि मंसिरमा गरेको हो । असार मसान्तमा बैकको बेसरेट ८.३३ प्रतिशत रहेको थियो ।

यस्तै, हिमालयन बैंकले असोज मसान्तयता ८.८६ प्रतिशत बेसरेट कायमगरि कर्जा प्रवाह गरिरहेको छ । बैंकले गत असोज मसान्तको भन्दा हाल ०.०७ प्रतिशत बेसरेट घटाएको छ । गत असोजमा बैंकको बेसरेट ८.९३ प्रतिशतद रहेको थियो । भने गत असार मसान्तको भन्दा असोजमा ०.१९ प्रतिशत बेसरेट घटाएको हो । गत असारमा बैंकको बेसरेट ९.०५ प्रतिशत रहेको थियो ।

सानिमा बैंकले मंसिरयता ९.१६ प्रतिशत बेसरेट तोकेर कर्जा प्रवाह गरिरहेको छ । बैंकले सस्तोमा कर्जा प्रवाह गर्नुका साथै गत असार मसान्तयता बेसरेट क्रमिक रुपमा घटाइरहेको छ । बैंकको गत असारमा ९.४५ प्रतिशत बेसरेट रहेको थियो । जसमा असोजमा ०.२९ प्रतिशत घटाएर ९.२१ प्रतिशत कायम गरेको थियो भने मंसिरमा पनि ०.१६ प्रतिशत घटाएर ९.१६ प्रतिशत बेसरेट कायमगरि कर्जा प्रवाह गरेको हो ।

यसैगरि ९.३० प्रतिशतभन्दा कम बेसरेट रहेको बैंकमा प्रभु बैक पनि रहेको छ । बैंकले गत असोजयता ९.२४ प्रतिशत बेसरेट कायमगरि कर्जाप्रवाह गरिरहेको छ । गत असार मसान्तको भन्दा बैंकले ०.१२ प्रतिशत घटाएको थियो । असार मसान्तमा बैंकको बेसरेट ९.३६ प्रतिशत रहेको थियो ।


पुष्प दुलाल