विनय मोहन क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत



काठमाडौं । विनय मोहन क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त हुने भएका छन् ।

भारत सरकारले फ्रान्सका लागि भारतीय राजदूत रहेका क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव पूरीले कार्यकाल सकाएर फिर्ता भइसकेका छन् । उनको स्थानमा क्वात्रा नियुक्त हुने समाचालमा उल्लेख छ । भारतीय राजनीतिमा नेपालका लागि भारतीय राजदूत बन्नु भारत र नेपालमा निकै महत्वका साथ हेरिन्छ ।

परराष्ट्र मामिलामा ३० वर्षे अनुभव संगालेका क्वात्रा सन् १९८८ ब्याचका विदेश मन्त्रालयका कर्मचारी समेत हुन् । क्वात्रा फेब्रुअरीसम्ममा नेपाल आइपुग्ने छन् ।


क्लिकमान्डु