रेल निर्माणको लागि बजेट अभाव हुन दिने छैनौः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले रेल निर्माणको लागि बजेट अभाव हुन नदिने बताएका छन् । जनकपुर जयनगर रेल्वेको अवलोकनको क्रममा अर्थमन्त्री खतिवडाले सो धारणा राखेका हुन् ।

अर्थमनत्री खतिवडाले काठमाडौं तराई फास्टट्रायकको समेत अवलोकन गरेका छन् । उनले सरकारले विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको धारणा छ ।


क्लिकमान्डु