भारतमा एटीएमबाटै नगद डिपोजिट गर्न सकिने



भारतमा अब बैंकहरुमा लाइन लाएर डिपोजिट गर्ने परम्पराको अन्त्य गर्दै एटीएमबाटै पनि नगद डिपोटिज गर्न पाइने भएको छ ।

यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई)का माध्यमबाट एक अर्को बैंकमा पेमेन्टको सुविधा दिएपछि अहिले नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)ले अब नगद निक्षेपका लागि उक्त सुविधा ल्याउनका लागि भारतीय बैंकहरुलाई दबाद दिइरहेको छ ।

यो सुविधाले बैंकका शाखाबाट वा अन्य ठाउँमा भएका एटीएमबाट उक्त सेवा शुरु हुने भएको हो ।

एनपीसीआईले नेशनल फाइनान्सियल स्वीच (एनएफएस)का माध्यमबाट इन्टरअपरेबल क्यास डिपोजिट सिस्टम शुरु गर्दा लागि पूरै बैंकिङ सिस्टमका लागि मुद्रा सम्हाल्नका लागि लाग्ने लागत घट्ने विश्वास व्यक्त गरेको छ । यस स्वीचलाई इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड रिचर्स इन बैंकिङ टेक्नोलोजीले निर्माण गरेको हो ।

एक निजी बैंकका बैंकरले सबै ठूला निजी तथा सरकारी बैंकलाई इन्टरअपरेबल नेटवर्कसँग जोडिनका लागि भनिसकेको बताए । उनले बैंकले यो सर्त लागू गर्नु अघि यसका विषयमा गम्भीर रुपमा हेर्न जरुरी भएको बताए ।

यो प्रणाली अपनाउनुभन्दा अघि यसमार्फत नक्कली नोटको हेरफेर रोक्न र सिस्टममा सामजस्यता कायम गर्नका लागि फ्रेमवर्क तयार गर्न जरुरी भएको ती बैंकको भनाइ भएको भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख छ ।

३० हजार एटीएममा सहजै अपग्रेड गर्न सकिने
इन्टरअपरेवल क्यास डिपोजिट नेटवर्कमा १४ वटा बैंक पहिलेदेखि नै जोडिएका छन् । एनपीसीआईको अनुमानमा आईडीआरबीटीको मेकानिजम अपनाउँदै ठूला बैंकका करिब ३० हजार एटीएमलाई इन्टरअपरेबल डिपोजिट मेसिनमा अपग्रेड गर्न सकिन्छ । यसका लागि छट्टै हार्डवेयरको जरुरी हुँदैन ।

जुनसुकै बैंकको एटीएम मेसिनबाट नगद जम्मा गर्न सकिन्छ
एनपीसीआईका अनुसार यो योजना लागू हुँदा ग्राहकले अन्य बैंकको एटीएमबाट नगद डिपोजिट गर्न सक्नेछन् । उदारहणका लागि एचडीएफसी बैंकको ग्राहकले कस्टमर स्टेट बैंकको ब्राञ्च वा अन्य ठाउँमा भएको डिपोजिट सुविधा भएको एटीएममार्फत आफ्नो खातामा पैसा जम्मा गर्न सक्छन् । यी मेसिनलाई क्यास डिपोजिट मेसिन वा क्यास रिसाइकिलर भनिनेछ ।

यस सुविधाको सबैभन्दा बढी फाइदा इ-कमर्स कम्पनी तथा फूड एग्रिगेटर्सलाई हुनेछ । डेलिभरी एजेन्टलाई डिपोजिट गर्न पनि एटीएमबाट हुने कारोबारमा क्यास सम्भाल्ने लागत घटाउन सहयोगी हुनेछ ।

यूनियन बैंक, केनरा बैंक, आन्ध्रा बैंक र साउथ इन्डियन बैंकमा पहिलेदेखि नै इन्टरअपरेवल डिपोजिटको सुविधा छ । जसबाट १० हजार भारुको डिपोजिटमा २५ भारु शुल्क लाग्नेछ । ठूलो क्यासका लागि ५० भारु चार्ज लाग्छ ।

पेमेन्ट टेक्नोलोजी कम्पनी एसीआई वर्ल्डवाइडका भाइस प्रेसिडेन्ट तथा कन्ट्रि लिडर (दक्षिण एसिया) कौशिक रायले बैंकका बीच इन्टरअपरेबिलिटीको सुविधाले यूपीआईलाई लोकप्रिय बनाएको हो । यसमा क्यास–आउटको तुलनामा क्यास–इन ट्रान्ज्याक्सन कम भए पनि सिस्टमबाट ग्राहकलाई धेरै सुविधा मिल्नेछ ।

उनले इन्फ्रास्ट्रक्चरको माध्यमबाट डिपोजिट मेसिनमा अपग्रेडको जरुरी हुने छैन भने अथेन्टिकेसनमा क्यास विथड्रलको पाथवे नै अपनाएको छ ।


क्लिकमान्डु