इरान र अमेरिकाबीचको तनावले सुन र तेलको मूल्य अकासियो



अमेरिका र इरानबीचको तनावका कारण विश्वबजारमा तेलको कच्चा पदार्थ र सुनको मूल्य निकै बढेको छ ।

पेन्टागनले इरानले दर्जनभन्दा बालिस्टिक मिसाइल अमेरिकी सैन्य क्याम्पमा प्रहार गरेको बताएसँगै तेल कच्चा पदार्थको मूल्य बढेको हो ।

अमेरिकी तेलको कच्चा पदार्थको मूल्य १.२ प्रतिशत ले बढेर प्रति ब्यारेल ६३ अमेरिकी डलर पुगेको थियो भने भारतीय बजारमा प्रतिब्यारेल बुधबार ६९.९५ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, सुनको मूल्य पनि निकै बढेको छ । सुनको मूल्य प्रति औस १६०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । तर बुधबार भने सुनको मूल्य घटेर प्रति औस १५४७.९१ अमेरिकी डलर पुगेको छ ।

यो मूल्य विगत ७ वर्षयताको सबैभन्दा उच्च विन्दुको हो ।

त्यस्तै कच्चा तेलको मूल्य पनि बढेर प्रतिब्यारेल ६५.४४ अमेरिकी डलर पुगे पनि बुधबार भने ४.२ प्रतिशतले कमी आएको छ ।

इरानले जनरल सुलेमानीको मृत्यु भएपछि इराकमा रहेका अमेरिकी सैनिकका क्याम्पमा आक्रमण गरेको थियो ।

सुनको मूल्य सन् २०१९ मा निकै बढेको थियो, तर अमेरिका र इरानबीचको तनावले यसलाई अझ बढावा दिएको थियो । सन् २०१९ मा मात्रै सुनको भाउ १८ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १५ प्रतिशतले बढेको थियो ।

वर्ष २०१९ मा अमेरिका र चीनबीचको व्यापार युद्धले पनि सुनको भाउ निकै बढाएको थियो ।

अन्तर्राष्ट्रिय मिडियामा उल्लेख भए अनुसार वर्तमान अवस्था कायम रहे सुनको मूल्य प्रतिऔस २००० अमेरिकी डलर पुग्ने देखिएको छ । –एजेन्सी


क्लिकमान्डु