ट्राफिक नियम उल्लंघन गर्दा ४४ लाख जरिवाना



भारतमा ट्राफिक नियम उल्लघंन गर्दा एक व्यक्तिले ४४ लाख रुपैयाँ जरिवाना तिरेका छन् ।

२ करोड भारु मूल्य पर्ने पोर्शा ९११ स्पोटर्स कारका मालिक रञ्जित देसाइले ४४ लाख रुपैयाँ जरिवाना तिरेपछि कार फिर्ता पाएका हुन् ।

देसाइले कारको बाँकी रहेको कर, त्यसको ब्याज र जरिवाना गरी उक्त रकम बुझाएका थिए । कारलाई आवश्यक कागजपत्र नपुगेको र सन् २०१७ देखि रजिस्ट्रेसन नगरी चलाएको भन्दै प्रहरीले जफत गरेको थियो ।

देसाइले भारतको अहमदाबादस्थित क्षेत्रीय ट्रान्सपोर्ट अफिसमा उक्त रकम बुझाएपछि ट्राफिक प्रहरीबाट कार फिर्ता लिएका थिए । प्रहरी सब इन्स्पेक्टर एमबी भिर्जाले उक्त कार गत नोभेम्बरमा उक्त सिल्भर रंगको कार जफत गरका थिए । तत्कालिन समयमा कारमा नम्बर प्लेट समेत थिएन ।

उक्त रकम भारतमा जरिवाना वापत बुझाइएको सबैभन्दा धेरै रकम भनिएको हो ।

कार मालिकले करवापत १६ लाख भारु, ७.६८ लाख भारु ब्याज र ४ लाख भारु जरिवाना बुझाएका थिए । -एजेन्सी


क्लिकमान्डु