भारतले रोक लगाएपछि बजारमा नामेबीया र चीनको प्याज, चीनबाट मात्रै २० करोडको आयात



काठमाडौं । भारतमा प्याज अभावसँगै भाउ बढेपछि त्यसको असर नेपाली बजारमा देखिएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा यतिबेला चिनियाँ प्याज भित्रिएको छ ।

नेपालमा आयातित तरकारीमा ९० प्रतिशत हिस्सा भारतीय तरकारीको छ । भने केही महिना अगाडिसम्म नेपालमा खपत गरिने ९९ प्रतिशत प्याज भारतबाट आयात हुन्थ्यो ।

प्याजको आन्तरिक उत्पादन न्यून छ । यो बर्ष भारतमा प्याजको उत्पादनमा ४० प्रतिशतले कमी आएपछि भारतमा आन्तरिक माग नै धान्न नसकेपछि भारत सरकारले प्याज निर्यातमा रोक लगाएको थियो ।

भारतीय सरकारले प्याज निर्यात रोक गरेसँगै नेपाली बजारमा प्याज माग अनुसार आपुर्ति हुन नसकेपछि यसको मूल्य २ सय ६० रुपैयाँसम्म पगेको थियो । भारतबाट आवश्यक मात्रामा प्याज आयात हुन नसकेपछि हाल चीन र नामेबीयाबाट नेपालमा प्याज आयात भइरहेको छ ।

भन्सार विभागको तथयांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा १ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ बराबरको ४ करोड ५१ लाख ७१ हजार ७५६ केजी प्याज आयात गरिएको छ ।

जसमध्ये चीनबाट मात्रै २० करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरका ३१ लाख ३९ हजार ५४१ केजी सुकेको र हरियो प्याज आयात भएको छ ।

यस्तै मंसिरसम्ममा आयातिक कूल प्याजमध्ये १ अर्ब ५८ करोड १९ लाख ३० हजार रुपैयाँ बराबरको ४ करोड २० लाख २० हजार २१५ केजी र नामेबीयाबाट ३ लाख ८७ हजार रुपैयाँ बराबरको १२ हजार केजी सुकेको र हरियो प्याज आयत भएको भन्सार विभागले जनाएको छ ।

चीनबाट प्याज आयात बढ्यो
नेपालमा आयात गरिने प्याजको परिमाणमा भारतीय प्याजको हिस्सा महिनै पच्छिे घट्दो छ भने चीनको बढ्दो छ । नेपालबाट ५ महिनामा नै २० करोड रुपैयाँ बढी चिनियाँ प्याजमा खर्च बढेको छ ।

साउन महिनामा १७ लाख रुपैयाँको मात्र चिनियाँ प्याज नेपाल आयात भएकोमा मंसिर मसान्तसम्म २० करोड ५९ लाख ९० हजार रुपैयाँ खर्च भएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा कूल ४५ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख २ हजार ४०९ केजी प्याज भारत, चीन र नामेबीयाबाट आयात भएको थियो ।

जसमा भारतबाट कूल ४५ करोड ७७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार ३८३ केजी, चीनबाट १७ लाख १६ हजार रुपैयाँ बराबरको ४ हजार केजी र नामेबीयाबाट ३ लाख ८७ हजार रुव.पैयाँ बराबरको १२ हजार केजी प्याज आयात गरिएको थियो ।

यस्तै भदौ महिनामा भारतबाट १ अर्ब ३४ लाख ६९ हजार रुपैयाँ बराबरको २ करोड ९७ लाख ९८ हजार ५०१ केजी, चीनबाट ३५ लाख ७ हजार रुपैयाँ बराबरको ८ हजार केजी र नामेबीयाबाट ३ लाख ८७ हजारको १२ हजार केजी प्याज आयात भएको थियो ।

चालु आवको असोज मसान्तसम्ममा चीनबाट १ करोड ९६ लाख ४४ हजार रुपैयाँ बराबरको ३ लाख २२ हजार ७२० केजी चिनियाँ प्याज आयात भएको छ भने सो महिनामा भारतबाट १ अर्ब ३७ करोड ६८ लाख ३३ हजार रुपैयाँ बराबरको ३ करोड ६७ लाख ९७ हजार ५०९ केजी प्याज आयात भएको थियो ।

साथै नामेबीयाबाट ३ लाख ८७ हजार रुपैयाँको १२ हजार केजी प्याज आयात भएक भन्सार विभागले जनाएको छ ।

यसैगरी, चालु आवको कात्तिक मसान्तमा चीनबाट २ करोड ३२ लाख ६२ हजार रुपैयाँ बराबरको ३ लाख ६४ हजार ७५६ केजी, भारतबाट १ अर्ब ५६ करोड ४१ लाख ४५ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ७७ हजार ८६३ केजी र नामेबीयाबाट ३ लाख ८७ हजार रुपैयाँको १२ हजार केजी प्याज आयात भएको थियो ।

मंसिर मसान्तसम्म चीनबाट २० करोड ५९ लाख ९० हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार ५४१ केजी प्याज आयात भएको छ । त्यस्तै, भारतबाट १ अर्ब ५८ करोड १९ लाख ३० हजार रुपैयाँ बराबरको ४ करोड २० लाख २० हजार २१५ केजी र नामेबीयाबाट ३ लाख ८७ रुपैयाँको १२ हजार केजी हरियो र सुकेको प्याज आयात भएको छ ।


क्लिकमान्डु