जोनसन एन्ड जोनसन कम्पनीलाई साढे ३ अर्ब जरिवाना



बालबालिकाका लागि आवश्यक प्रडक्ट उत्पादन गर्दैै आएको विश्व प्रसिद्ध अमेरिकी फार्मा कम्पनी जोनसन एण्ड जोनसनलाई भारत सरकारले ३ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

जीएसटीमा कटौती गरेर ग्राहकलाई फाइदा नगरेको भेटिएपछि त्यहाँको नेशनल एण्टी प्रोफिटियरिङ अथ्योरिटी (एनएए)ले जरिवाना तिराएको हो ।

एनएएले विश्वभरका कम्पनीको उत्पादनको गुणस्तर जाँच गर्ने गर्दछ । कम्पनीले सन् २०१७ मा वस्तुहरुमा निर्धारण गरिएको जीएसटीको दर घटाएको तथ्य एसएएले पत्ता लगाएको थियो ।

आधिकारिक रुपमा तोकिएको जीएसटी दर आफ्नो प्रडक्टबाट घटाएर जोनसनले जीएसटीको दर १८ मा सीमित गरी उत्पादन तथा बिक्री वितरण गरिरहेको कारण एनएएले ग्राहकको हित विपरीत व्यापार गर्ने कम्पनीलाई कारवाही गरेको उल्लेख गरेको छ ।

एनएएले कम्पनीलाई ३ महिनाभित्र जरिवानाको रकम भरपाई गरिसक्नु पर्ने आदेश दिएको छ ।

जोनससन एण्ड जोनसन विश्वभर नै स्वास्थ्य सेवा, चिकित्सा उपकरण र फार्मा उत्पादन व्यवसायमा चिरपरिचित छ । बालबालिकालाई आवश्यक तेल, स्याम्पु, पाउडर, क्रिम, सेनेटरी प्याड ग्राहकले अध्यधिक रुचाइएका यसका उत्पादन हुन् ।

गत वर्ष भारतमा नै जोनसनका केही प्रडक्टहरु हानिकारक भएको दाबी गरेर उक्त कम्पनीको केही प्रडक्टलाई बिक्री बितरण गर्न निषेध गरिएको थियो । जसमा जोन्सनको बेबी स्याम्पुमा हानिकारक तत्व रहेको भारतको जयपूरस्थीत सरकारी औषधी परीक्षण प्रोयोगशालाले स्याम्पुमा फोर्मलडिहाइट नामक हानिकारक रसायनिक रहेको ठहर गरेको थियो ।

साथै केही महिना अगाडि अमेरिकाको सेन्ट लुइस अदालतले कम्पनीको पाउडरमा क्यान्सर फैलाउने रसायन ‘एसबेस्टस’ पाइएको उल्लेख गरको थियो । त्यसपछि अदालतले कम्पनीलाई ४ अर्ब ७० करोड रुपैयाँ जरिवाना तिराएको थियो । – एजेन्सी


क्लिकमान्डु