युट्युवबाट ८ वर्षे बालकले एक वर्षमा यसरी कमाए ३ अर्ब




काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा भिडियो अपलोड गरेर एक ८ वर्षे बालकले एक वर्षमा ३ अर्ब करोड रुपैयाँ कमाएका छन् ।

फोब्र्स म्याग्जिनका अनुसार रेयान काजी नामक ती बालकले एक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ कमाएका छन् ।

काजीको वास्तविक नाम रेयान ग्यान हो । फोब्र्सका अनुसार सन् २०१८ मा पनि उनले युट्युवबाट सबैभन्दा बढी कमाउने मानिसको सूचीमा शीर्ष स्थानमा थिए ।

उनले गत वर्ष पनि साढे २ अर्ब रुपैयाँ कमाएका थिए । उनको युट्युव च्यानलमा ५ वर्षमा २२.९ मिलियन सब्क्राइबर्स थपिएका छन् । रेयान खेलौना अनबक्सिङ गर्दै तीनै खेलौनौसँग खेल्दै छोटो भिडियो बनाउँछन् । जसलाई उनको माता पिता युट्युवमा अपलोड गर्छन् ।

उनका कतिपय भिडियोहरु एक करोडभन्दा बढी पटक हेरिएका छन् । एनालिटिकल वेवसाइट सोसल ब्लेठका अनुसार रेयानका धेरै भिडियोहरु १ अर्बभन्दा बढी पटक हेरिएका छन् ।

तीन वर्षमा मात्रै उनका भिडियोमा साढे ३५ अर्ब पटक हेरिएको छ । उनले खेलौनाका साथै अन्य एजुकेशनल भिडियो पनि बनाउँछन् ।


क्लिकमान्डु