राजस्व कम उठेको भन्दै राष्ट्रिय सभामा अर्थमन्त्रीको चर्को आलोचना




काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसद उदय शर्मा पौडेलले राजस्वको दर घटाउन आग्रह गरेकी छिन् ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) २०७५ माथि छलफल गर्दै उनले यस्तो बताएकी हुन् ।

सरकारले राजस्व दर बढाउनाले अपेक्षा अनुसार कर उठ्न नसकेको बताइन । उनले सरकारले अपेक्षा गरेअनुरुप राजस्व उठाउन चाहेमा प्रभावकारी अनुगमन गर्न आवश्यक रहेको धारणा राखिन ।

‘राजस्वको दर बढाएर धेरै उठने होइन, दर कम गरेर धेरै उठाउन सकिन्छ, दरकै कारण यथार्थमा राजस्व उठन सकेकको छैन,’ उनले भनिन् ।

बैठकमा उनले कर छली गर्नेलाई जरिवाना बढाउँदैमा बढी राजस्व नउठने उनको तर्क छ । यसको जागि जरिवानामा पनि बिचार गर्नुपर्ने सांसद पौडेलको भनाइ छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व नतिर्ने, कर छली गर्नेलाई धार्मिक प्रवचन दिएर मात्रै नपुग्ने र कारबाही पनि गर्नुपर्ने बताए ।

राम्रोसँग इमान्दार भएर कर तिर्नेलाई राज्यले सम्मान गरेको । नतिर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘धेरै कर तिर्यो भनेर हरेक वर्ष एकजनालाई सम्मान गर्दै बसेर हुँदैन, अर्बौ राजस्व चुहावट गर्नेलाई छुट दिन सकिँदैन,’ उनले भने ।

मन्त्री खतिवडाले बढी राजस्व चुहावट गर्नेलाई धेरै र थोरै चुहावट गर्नेलाई थोरै जरिवाना र कैदको व्यवस्था गरिएको जानकारी गराए ।

उनले सुराकीमा बढी बिकृति भएको र केहीले यसलाई व्यवसायको रुपमा अपनाएको त्यसलाई नियन्त्रण गर्न लागिएको जानकारी गराए ।

उनले सुराकी रकम २५ लाखभन्दा माथि हुन नहुने तर्क गरे । मन्त्री खतिवडाले कर्मचारीका परिवार, सुरक्षाकर्मीका परिवार सुराकी हुने व्यवस्थालाई अब कम गर्ने तयारी रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभामा पेश भएको उक्त विद्येयक बुहमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाबाट सुझावसहित उक्त विद्येयक राष्ट्रिय सभामा पुगेको थियो ।


क्लिकमान्डु