बैंक लुटेर ल्याएको पैसा हावामा उडाउँदै भने ‘मेरी क्रिसमस’



एक जना व्यक्तिले क्रिसमसको २ दिन बैंकबाट पैसा चोरी गरी ‘मेरी क्रिसमस’ भन्दै लुटेको पैसा हावामा उडाएका छन् ।

उक्त दृश्य देख्ने प्रत्यक्षदर्शीहरुले उक्त जानकारी दिएका छन् ।

‘एक जना बुढो मान्छेले कोलोराडो स्प्रिङमा एकेडेमी बैंक सोमबार लञ्च समयमा रकम लुटेका थिए’ प्रहरीले भनेको छ ।

प्रहरीका अनुसार बैंक लुटिसकेपछि बाहिर आएर मेरी क्रिसमस भन्दै पैसा हावामा उडाएका थिए ।

प्रत्यक्षदर्शीले ब्यागबाट पैसा निकालेर हावामा उडाउँदै गरेको देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति पनि स्टारबक्स कफी पसलमा बसेर पक्राउको पर्खाइमा बसेका थिए ।

बाटोमा फालिएको पैसा बटुलेर पछि बैंकमै लगिएको थियो । प्रहरीका अनुसार ती व्यक्ति ६५ वर्षे डेभिड वायने हुन् । – एजेन्सी


क्लिकमान्डु