सिभिल बैंकका अध्यक्ष इच्छाराज भन्छन्- लाप्पा खेलेर प्रतिस्पर्धामा उत्रिन्छौं, राम्रो बैंक पाए मर्जमा जान्छौं



काठमाडौं । सिभिल बैंंकका अध्यक्ष इच्छाराज तामाङले अन्य बैंकहरुसँग लाप्पा खेलेर भएपनि प्रतिस्पर्धा गर्ने बताएका छन् । बैंकको नवौं साधारणसभामा अध्यक्ष तामाङले यस्तो बताए । उनले सिभिल कान्छो बैंक भएकाले प्रतिस्पर्धा गर्न समस्या परेको उनको भनाई छ ।

उनले भने ‘३० वर्ष पुराना बैंकले पनि ९.२५ प्रतिशत ब्याजमा निक्षेप लिने र हामीले पनि सोही ब्याजदरमा निक्षेप लिने व्यवस्था छ, यसलाई हामीलाई समस्या परेको हो । आगामी दिनमा हामी अन्य बैंकसँग लाप्पा खेलेर भए पनि प्रतिस्पर्धा गर्ने छौं ।’

उनले बैंक आगामी दिनमा राम्रो बैंक खोजेर मर्जरमा जाने बताए ।

साभारणसभामा लगानीकर्ताहरुले लाभांश कम दिएको भनेर निकै विरोध गरेका थिए । जवाफमा अध्यक्ष तामाङले नयाँ लगानीकर्तालाई भन्दा पनि ९ वर्षदेखि लगानी गरेका लगानीकर्तालाई मर्का परेको बताए ।

उनले भने ‘त्यो मर्का मलाई पनि परेको छ ।’

उनले आगामी दिनमा कर्मचारी सञ्चय कोषलाई पनि सञ्चालक समितिमा ल्याउने जानकारी गराए ।

उनले भने ‘हाम्रो बैंकमा सबैभन्दा धेरै सेयर कोषको छ, उपयुक्त समयमा कोषलाई सञ्चालकमा ल्याउने छौं ।’

साभारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आगामी चैत सम्ममा बैंकले ऋणपत्र ल्याउने जानकारी गराए । त्यसको भोलुम कति हुने भन्नेचाँही जानकारी गराएनन् । अहिले बैंकले शाखा विस्तारको क्रमलाई जोड दिएको र त्यसले गर्दा सञ्चालन खर्च बढेको उनको भनाई छ । आगामी ३ वर्षभित्रमा बैंकका शाखाहरुले व्यवसाय थाल्ने र नाफा बढ्ने बताए ।

कार्यक्रममा लगानीकर्ताहरुले थोरै लाभांश दिएको भन्दै त्यसको विरोध गरेका छन् ।

सेयरधनी गुणराज भट्टले अध्यक्ष शेरचनले बैंकमा श्रीमतीको नाममा भएको सेयर बेचेको र अब छोरीको नाममा रहेको सेयर पनि बिच्ने तयारीमा रहेको भन्दै त्यसको वास्तविकता जानकारी गराउन आग्रह गरे ।

उनले भने ‘तपाईहरु आफूसँग भएको सबै सेयर बेचेर जान खोजेको हो भने हामीलाई भडखालोमा नहाल्नु होला, बैंकलाई अन्य राम्रो बैंकसँग मर्ज गराइदिनु होला ।’

उनले बैंकलाई आगामी वर्षबाट लगानीकर्तालाई दिने लाभांश दर बढाउने तर्फ ध्यान दिन आग्रह गरे ।

अर्का लगानीकर्ता इन्द्र श्रेष्ठले बैंकको अध्यक्षदेखि कर्मचारीसम्मले धेरै तलब खाने अनी लगानीकर्तालाई थोरै लाभांश दिएको भन्दै आक्रोश पोखेका छन् ।

ती लगानीकर्ताले भने ‘सांसदले चलाएको बैंकले हामीलाई ६ रुपैयाँमा बेचे, इच्छाराजले हाम्रो इच्छा पुरयाएनन, अब तपाईको खर्च कम गरेर भएपनि लगानीकर्ताको इच्छा पुरा हुनेगरी लाभांश दिनुप्रयो ।’

साभारणसभामा कर्मचारी सञ्चय कोषका प्रतिनिधि रामचन्द्र पोखरेलले कोषलाई बैंकले सञ्चालनमा नराखेकोमा आक्रोप पोखे । उनले धेरै सेयर रहेको सेयरधनीलाई बैंकले सञ्चालकमा नराखेर के गर्न खोजेको हो भन्दै आक्रोस पोखेका हुन ।

उनले बैंकका खराब कर्जा बढी भएको र बैंकको सञ्चालकमा कोष आएपछि खराबकर्जा कम हुने बताए ।

उनले भने ‘कोष सहभागी भएको बैंकमा कहीँ पनि समस्या छैन, यहाँपनि हामीलाई सहभागी सञ्चालकमा राख्नु पर्यो । हामीलाई सञ्चालकमा रोखेको ओरालो लाग्न लागेको बैंकले आगामी वर्ष दोहोरो अंकको लाभांश दिन सक्ने छ । कोषले लगानीगर्दा लगानीको सुरक्षा चाहने उनको भनाई छ ।

उनले थपे ‘लगानी गर्न खोज्दा सिभिल २४ नम्बरमा पर्छ, अहिले त हामीले मायाले मात्रै लगानी गरेको हो ।’


पुष्प दुलाल