सिभिल बैंकका सीइओ गोविन्द गुरुङको तलब/भत्ता १ करोड ४३ लाख, कर्मचारीको कति ?



काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि गत आर्थिक वर्षमा १ करोड ४३ लाख ४५ हजार ९१ रुपैयाँ खर्च गरेको छ । बैंकको सीइओमा युवा बैंकर गोविन्द गुरुङ छन् ।

गुरुङलाई बैंकले गत आर्थिक वर्ष ६५ लाख ४ हजार रुपैयाँ तलब, ३४ लाख ७८ हजार ७ सय रुपैयाँ भत्ता, ७ लाख ६७ हजार ९ सय रुपैयाँ दशैं खर्च, ६ लाख ५० हजार ४ सय रुपैयाँ सञ्चय कोष र २९ लाख ४५ हजार ९१ रुपैयाँ बोनस गरी कूल १ करोड ४३ लाख ४५ हजार ९१ रुपैयाँखर्च गरेको हो । बैंकले खर्च गरेको सबै रकम सीइओको खल्तीमा जाँदैन । आफ्नो कमाईबाट सीइओ गरुङले राजयलाई ३६ प्रतिशत कर तिरेका छन् ।

त्यसैगरी, बैंकले उच्च व्यवस्थान तहमा रहेका अन्य कर्मचारीका लागि गत वर्ष ५ करोड ६७ लाख ६३ हजार १ सय ३५ रुपैयाँ तलब, ४ करोड २७ लाख ७४ हजार ३ सय ५२ रुपैयाँ भत्ता, ५६ लाख ८० हजार ५ सय ९१ रुपैयाँ दशैं खर्च , ५६ लाख ७६ हजार ३ सय १४ रुपैयाँ कर्मचारी सञ्चय कोष र १ करोड ९६ लाख ८५ हजार ७ सय ५३ रुपैयाँ बोसनका लागि खर्च गरेको छ ।

त्यसैगरी, बैंकले कर्मचारीहरुका लागि ७९ करोड २९ लाख १८ हजार १ सय ७९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै, ६४ करोड ६६ लाख २७ हजार ७ सय ६२ रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेको छ ।

बैंकले आज सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार कुल व्यवस्थापनका लागि १ अर्ब ४३ करोड ९५ लाख ४५ हजार ९ सय ४१ रुपैयाँ खर्च गरेको छ ।

बैंकले लगानीकर्तालाई ६.५७ प्रतिशत लाभांभ दिएको छ । लगानीकर्ताले पाउने लाभांश भने निकै कम हो ।


पुष्प दुलाल