हिमालयन बैंकद्धारा आश्रित तथा अनाथ बालबालिकालाई सहयोग



काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रित अनाथ बालबालिकालाई सहयोग गरेको छ । बैंकको कावासोती शाखा मार्फत कावासोती नगरपालिका, वडा नं ८ स्थित “मौलाकालिका अपांग सेवा संस्था” मा आश्रित अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।

बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ एवं शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई उक्त अपांग सेवा संस्थाले आश्रय दिइरहेको छ ।

बैंकका तर्फवाट बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गर्नुभयो । बैंकका अन्य कर्मचारीहरुको पनि सो कार्यक्रममा उपस्थिति रहेको थियो ।


क्लिकमान्डु