कोटक महिन्द्रा बैंकका प्रवन्ध निर्देशकको टिप्पणीः भारतमा बलिया बैंकमात्र रहने



मुम्बई । भारतीय बैंकिङ क्षेत्रमा अहिले एक खाले संकट देखिएको छ । सरकारी बैंकहरुको मर्जर भारत सरकारले सुरु गरिसकेको छ ।

भारतमा बरिष्ठ बैंकरको छवी बनाएका महिन्द्रा बैंकका प्रवन्ध निर्देशक उदय कोटकले भारतको वित्तीय प्रणालीलाई डार्विनियन मोडमा पुगेको टिप्पणी गरेका छन् ।

‘भारतमा जुन बेला निजी क्षेत्र संकटमा परेका छन् त्यो बेला सरकारी बैंकसँग बिलय गरिएको इतिहास छ,इतिहास त्यही अवस्था तिर जाने देखिएको छ,’कोटकले भने ।

उनले भारतको वित्रीय व्यवस्था डार्विनियन मोडमा पुगेको र जुन बैंक बलियो छ त्यसले मात्र आफ्नो अस्तित्व बचाउन सक्ने बताए । ‘अहिले हरेक सेक्टरमा बिलय देखिएको छ,यो पहिला कहिलेपनि भएको छैन,भारतीय अर्थव्यवस्थामा बिलयको प्रक्रिया तीव्र रुपमा अगाडि बढेको छ,’उनले भने ।

डार्बिनको सिद्दान्त अनुसार व्यवस्थामा जो बलियो छ त्यो मात्र टिक्न सक्छ भने कमजोर आफै सकिएर जान्छन् ।

कोटकले इतिहासको उदाहरण दिदै निजी बैंक संकटमा फसेमा सरकारी बैंकमा बिलय हुने बताए । उनले भारत सरकारले फाइनान्सियल रिजोलुसन डिपोजिट इन्स्योरेन्स(एफआरडिआई)ले पुन काम गर्न पर्ने बताए । निक्षेपकर्ताको सुरक्षाको लागि एफआरडीआई विधेयक पुन ल्याउनुपर्न देखिन्छ ।

उनले बैंकिङ क्षेत्रमा एक्जिटको पनि पोलिसी चाहिने बताए ।


क्लिकमान्डु