मुद्रा अपचलन गरेको आरोपमा उपराष्ट्रपतिकी श्रीमती पक्राउ
हरारे । मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् ।
उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले पुष्टि गरेका छन् ।
आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिए ।
मुबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएसम्वन्धी छ ओटा, मुद्रा अपचलनसम्वन्धी पाँच ओटा र जालसाझीसम्वन्धी एउटा मुद्दा लगाइएको पनि उनले बताए ।