एनबीआईको सीईओमा कुमार लम्साल नियुक्त, तीनवटा बैंकको सीईओको अनुभव



काठमाडौं । नेशनल  बैंकिङ्ग ईन्ष्टिच्यूट लिमिटेटको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले  २०७६ मंसिर ३० गते देखि लागु हुने गरी उनलाई नियुक्त गरेको हो । लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् ।

उनले यस अघि सानीमा बैंक, प्रभु बैंक, जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् । पछिल्लो समय जनता बैंक नेपाल को प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउदै आएका थिए । नवनियुक्त प्रमूख कार्यकारी अधिकृतको नियुक्ती सँगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पुर्याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउन सफल हुने अपेक्षा गरीएको छ ।

एनबीआई राष्ट्र बैंककाृे समेत लगानीमा बैंकिङ क्षेत्रमा तालिम तथा दक्ष जनशक्ति उत्पादनको लागि खोलिएको संस्था हो । स्थापनाकालदेखि कार्यरत सन्जिव शुब्बाले छाडेपछि एनबीआईमा सीईओ पद खाली थियो ।


क्लिकमान्डु