एनआईसी एशिया बैंकका दुईवटा नयाँ शाखा संचालनमा



काठमाडौं । एनआईसी एशिया बैंकका दुई नयाँ शाखा सञ्चालनमा आएका छन् । ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ शाखा सञ्चालनमा आएका हुन ।

मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे उद्घाटन बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरेका थिए ।

बैंकले हाल ३११ शाखा कार्यालय, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान दिदैँ आएको छ ।


क्लिकमान्डु