२५ वटा वाणिज्य बैंकको लाभांश घोषणा कसको कति ? (सूचिसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २७ वटा वाणिज्य बैंकहरुमध्ये २५ वटा बैंकले लगानीकर्ताको लागि दिने लाभांशको घोषणा गरिसकेका छन् । एनसीसी र सेञ्चुरी बाहेक २५ वटा बैंकले लाभांश घोषणा गरेका छन् ।

गत आवको वितरण योग्य नाफाबाट सबै भन्दा बढी लाभांश घोषणा गर्ने बैंकमा एनएमबि रहेको छ भने दोस्रोमा नबिल बैंक रहेका छन् ।

एनएमबि बैंकले ३५ र नबिल बैंकले ३४ प्रतिशत लाभांश दिएको छ । यी दुई मध्ये बोनस बढी दिनेमा एनएमबि रहेको छ भने नबिल दोस्रोमा रहेको छ । नबिल बैंकले २१ प्रतिशत बोनस दिएको छ भने नबिलले १२ प्रतिशत मात्रै बोनस दिएको छ । बढी लाभांश दिने बैंकमा सिद्धार्थ २५.२६, ग्लोबल आइएमई २५.५, एभरेष्ट २५, हिमालयन बैंंक २२, एनआईसी एशिया र सानिमाको क्रमशः २१.०५, २१.०५ प्रतिशत लाभांश दिएका छन् ।

लगानीकर्ताहरुले नगद भन्दा बढी बोनस सेयरलाई रुचाउने गर्दछन् । गत आवको वितरणयोग्य नाफाबाट बोनस भन्दा नगद लाभांशमा जोड दिएका छन् ।
लगानीकर्तालाई केही बैकहरुले त बोनस नदिइ नगद लाभांशमा मात्रै पनि सिमित बनाएका छन् । बोनस नदिने बैंकमा सिभिल, मेगा र स्टयान्र्डड चार्टर्ड बैंक रहेका छन् । सिभिलले ६.५७, मेगाले ११.७५ र स्टयान्र्डडले २२.५ प्रतिशत नगद लाभांश दिने भएको हुन् । २५ वटा बैंकमा सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल नै रहेको सिभिलले ६.७५ प्रतिशत मात्रै नगद लाभांश दिएको छ ।

अघिल्ला वर्षहरुमा बैंकहरुले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउनको लागि बोनसको पनि साथ लिएका थिए । ८ अर्ब पुँजीको चटारोमा रहेका बैंकहरु अब २० अर्ब हाराहारीमा पुँजी पुर्याउने तर्खरमा लागेका छन् । यति बेला बैंकहरुलाई पुँजीको चटरो छैन । त्यसैले गर्दा पनि नगदमा भन्दा बोनसमा बढी ध्यान गएको लगानीकर्ताको भनाई छ ।

यस्तै गत आव भन्दा बैंकहरुले आव २०७४/ ७५ मा बोनसमा भन्दा नगद लाभांशमा बढी ध्यान दिएको देखिएको छ । आत २०७४/७५ मा १६ वटा बैंकहरुले मात्रै लगानीकर्तालाई बोनस दिएका थिए ।

उक्त आवमा सबैभन्दा बढी बोनस दिने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको थियो । बैंकले १८ प्रतिशत बोनस सहित ४० प्रतिशत लाभांश दिएको थियो । उत्त आवमा सबैभन्दा बढी लाभांश दिने बैंकमा पहिला इन्भेष्टमेन्ट, दोस्रोमा नबिल बैंकको ३४ र एनएमबी बैंकको ३० प्रतिशत रहेको थियो ।

अघिल्लो आवमा बैंकहरुले बोनस भन्दा बढी नगद लाभांश नै दिएका थिए । अघिल्लो आवमा माछापुच्छे«, एभरेष्ट, नेपाल बंगलादेश, स्टयान्डर्ड, चार्टर्ड, सनराइज, सानिमा, ग्लोबल आईएमई बैंकले नगद लाभांश मात्रै दिएका थिए ।


क्लिकमान्डु