कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाण्डौको भङ्गालमा




काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिकास्थित भङ्गालमा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरेका छन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।


क्लिकमान्डु