प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य




काठमाडौं । प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवालाई प्रबद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ ।

ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि उक्त सहकार्य गरेको बैंकले जनाएको छ । उक्त सम्झौतामा बैंकका उप(महाप्रबन्धक भाई राजा तुलाधार र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।


क्लिकमान्डु