निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण काम रोक्न सर्बोच्च अदालतको आदेश



काठमाडौं । बारामा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्बोच्च अदालतले आदेश दिएको छ ।

निजगढ विमानस्थलविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रुख नकाट्न र निर्माण प्रक्रिया रोक्नआदेश दिएको हो।

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अघि बढाएको थियो। विमानस्थल बनाउँदा लाखौं रुख काटिने भएपछि त्यस विरुद्ध सर्वोच्चमा मुद्द दायर भएको थियो ।

निजगढ बन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिका नाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले दिएको रिटमा सर्बोच्चले यस्तो आदेश दिएको हो ।


पुष्प दुलाल