व्यवसायी रुप ज्योति पक्राउको विषयमा महासंघको अचम्मको विज्ञप्ती



काठमाडौं । व्यवसायिक घराना ज्योति ग्रुपका उपाध्यक्ष डा रुप ज्योति पक्राउको विषयमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले अचम्मको विज्ञप्ती निकालेको छ ।

महासंघले कसलाई पक्राउ गरिएको हो त्यो समेत जानकारी नदिएर विज्ञप्ती जारी गरेको छ ।

महासंघको विज्ञप्तीमा मुलुकभित्र उद्यमशीलताको प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउंदै आएको प्रमुख औद्योगिक एवं व्यवसायिक क्षेत्रका उद्योगपतिलाई स्वदेश फर्कने क्रममा पक्राउ गरी हिरासतमा लिएपछिको अवस्थाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै  मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुको साथै हजारौलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलोमात्रामा राजस्व समेत बुझाउंदै आएको मुलुकका प्रतिष्ठित उद्योगपति माथि विना सोचविचार हतारहतार गरिएको यस प्रकारको व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था आएको उल्लेख गरेको छ ।

उद्योगीरव्यवसायीहरू माथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघ जोडदार माग गरेको छ ।

चेम्बरले जारी गरेको विज्ञप्तीमा भने नाम उल्लेख गरेको थियो ।


क्लिकमान्डु