सेफ्स एशोसिएसनमा खड्ग लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन




काठमाडौं । सेफ्स एशोसियसन अफ नेपालमा खड्ग बिक्रम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । एशोसियसनको २५ औं साधारणसभाबाट उक्त समिति सर्वसम्मत चयन भएको हो ।

त्यसैगरी प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा पदमबहादुर आले मगर, सचिवमा श्रीकृष्ण गजुरेल, कोषाध्यक्षमा श्यामबहादुर तामाङ चयन भएका छन् ।

एशोसिएसनको कार्यसमिति सदस्यमा क्रमशः रेशमकुमार लामा, सुनिल लामा, गंगाबहादुर खत्री, सुवर्णमान कर्माचार्य, दीपक ढुंगाना, हेमराज पौडेल, रामचन्द्र धरेल, राजकुमार लामा, रामकृष्ण थापा चयन भएका छन् ।


क्लिकमान्डु