हिमालयन बैंकको नेतृत्वमा ६ बैंकले ७ अर्ब लगानी गर्ने, सम्झौतामा हस्ताक्षर हुदै



काठमाडौं । अर्धजलाशय प्रकृतिको मध्य मेवा जलविद्युत् आयोजनामा विभिन्न ६ बैंकले ७ अर्ब ऋण लगानी गर्ने भएका छन् ।

कूल ४९ मेगावाट क्षमताको सो आयोजनामा हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले गरी ६ अर्ब ९५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन । ऋण लगानी स्म्बन्धी सम्झौतामा बिहिबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

आयोजनाको कूल लागत ९ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बाँकी हुने १ अर्ब ९५ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइने छ । आयोजनाबाट २०८० असोज ६ गते बिजुली उत्पादन गर्ने तयारी छ ।

बैंक र निर्माता कम्पनी मेवा डेभलपर्स प्राइभेट लिमिटेडबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न लागिएको हो ।

अर्धजलासययुक्त प्रकृतिको सो आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।


क्लिकमान्डु