कोकाकोला पिउनेको संख्या घट्यो, खर्च कटौती गर्दा बोटलर्सको नाफा बढ्यो



काठमाडौं । कोकाकोल कम्पनीले गरेको उत्पादनमा उपभोक्ताले रुची कम देखाउन थालेका छन् । नेपालस्थित उत्पादकहरु बोटलर्स नेपाल (बालाजु) र (तराई) दुबै कम्पनीले गरेको उत्पादनमा उपभोक्ताको चासो कम भएको रिपोर्टले देखाएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा सुधार भएपनि उत्पादन बिक्रीबाट हुने आयमा गिरावट देखिएको छ ।

बोटलर्स नेपाल (बालाजु)

बोटलर्स नेपाल (बालाजु)ले पहिलो त्रैमासमा ३३ करोड ९४ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.३४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २९ करोड ४२ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको उत्पादन बिक्री गरेर हुने आम्दानी भने घटेको छ । गत आवको पहिलो त्रैमासमा ३ अर्ब १५ करोड १९ लाख ६६ हजार रुपैयाँ को उत्पादन बिक्री गरेको कम्पनीले चालु आवको सोहि अवधिमा आईपुग्दा ३ अर्ब १० करोड ८६ लाख ५२ हजार रुपैयाँ मात्रै रहेको छ ।

१९ करोड ४८ लाख ८९ हजार चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब १६ करोड ४ लाख ४२ हजार रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १६० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २ हजार ३०० रुपैयाँ रहेको छ ।

बोटलर्स नेपाल (तराई)

बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड २ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २७ करोड ४८ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको नाफा बढेपनि उत्पादन बिक्रीबाट हुने आम्दानी भने घटेको छ । गत आवको पहिलो त्रैमासमा २ अर्ब १५ करोड ३२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा २ अर्ब ५ करोड ९५ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ५२ करोड ९७ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी २४८ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार १९१ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु